उपराष्ट्रपति कार्यालयमा नओभाएका आँखाहरु वृतचित्र सार्वजनिक

Mon, Apr 25th, 2016:मा प्रकाशित

गुल्मी टाईम्स, काठमाडौँ बैशाख १३ ।
भुकम्प पछिको एक बर्ष…. भन्ने मूल नाराका साथ हिजो एक बिशेष कार्यक्रम आयोजना गरि उप राष्ट्रपति कार्यालयमा सिन्धुबाद संग्रह र नओभयेका आखाहरु वृतचित्र सार्बजानिक गरिएको छ ।13082497_10208026416650687_3396904388640210456_n

सम्मानिय उप राष्ट्रपति नन्द किशोर पुनको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा उधोग बाणिज्य संघ सिन्धुपाल्चोकका अध्यक्ष्य कमल श्रेष्ठले सभापतित्व गरेका थिए । त्यसै गरि अतिथि हरुमा प्रजातन्त्र पार्टी नेपालका बरिष्ट नेता पशुपति शमशेर जबरा, पूर्व जर्नेल डा. प्रेम सिंह बस्न्यात, सिन्धुपाल्चोक जिल्लाका पूर्व सभापति शरेश नेपाल र संचारकर्मी तथा समाजसेवी सुर्य चन्दको उपस्थिति रहेको थियो ।10930899_10208026414090623_77162155679584557_n

सिन्धुपाल्चोक सेवा समाज सिन्धुपाल्चोक, क्रियटिभ काम एण्ड मिडिया रिसर्च प्रालि, र सिन्धुपाल्चोक उधोग बाणिज्य संघको संयुक्त आयोजानामा सम्पन्न उक्त कार्यक्रममा सिन्धुपाल्चोक जिल्लाले भोग्नु परेको बिपत्ति लाइ समेटेर तयार गरिएको नओभयेका आखा हरु वृतचित्र र सिन्धुबाद संग्रह नामक पुस्तक सार्बजनिक तथा बिमोचन गरिएको थियो ।

२०७२ सालमा सबै भन्दा बेसी प्राकृतिक क्षति तथा बिपत्ति सिन्धुपाल्चोक जिल्लाले भोग्नु परेकाले चाडो भन्दा चाडो पुननिर्माणको कार्य सम्पन्न गरि सिन्धुपाल्चोक बासीलाई राहत दिनु पर्ने र चाडो पुर्बधार तयार गर्नु पर्नेमा प्रमुख अतिथिले जोड दिनु भयो । उक्त वृतचित्रको परिकल्पना तथा निर्देशन सिन्धुपाल्चोक सेवा समाजका अध्यक्ष्य याबिन्द्र कुमार श्रेष्ठले गरेका हुन् । कार्यक्रमको संचालन प्रेम बनियाले गरेका थिए।

यो पोष्ट तपाईलाई कस्तो लाग्यो कृपया पढीसकेपछि Share गर्न नभुल्नुहोस ।
Pin on PinterestPrint this page
हाम्रा हरेको प्रकाशनलाई फेसबुकमा पढ्न तथा हेर्नको लागि यहाँ लाइक गर्नुहोस।

कृपया प्रतिकृया दिनुहोस

You must be Logged in to post comment.