आन्तरिक शुद्धकरण पहिलो प्राथमिकता : एसपी रावल (अडियो सहित)

Sun, Mar 20th, 2016:मा प्रकाशित

टोपलाल अर्याल, गुल्मी चैत ०७ ।
भर्खर मात्रै प्रहरी प्रमुख भएर गुल्मी आएका प्रहरी उपरिक्षक भोला बहादुर रावलले जिल्लाको शान्ति र सुरक्षा संगै संगठनकै शुद्धिकरण पहिलो प्राथमिकता हुने बताए । अरुको आचरण सुधार्न प्रहरी चाहिने भएकाले प्रहरीनै आचरणहिन भएमा सेवा प्रभावकारी नहुने भन्दै रावलले प्रहरी भित्रकै यो अवस्था मेटाउनेमा आफ्नो ध्यान जाने बताए । जिल्लामा क्रियाशिल पत्रकारसंगको अन्तरक्रियामा उनले आन्तरिक शुद्धिकरण पछि अनुसन्धानलाई महत्वपुर्ण रुपमा हेर्ने बताए ।

आफुले चाहेर मात्र अनुसन्धान नहुने भएकाले घटना पुष्टिका आधारहरु पत्ता लगाउन सवैको साथ र सहयोगको चाहिने उनले बताए । अन्तरक्रियामा पत्रकारहरुले यस अघिका धेरै प्रहरी प्रमुखहरुले पुराना हत्याका घटनाहरुमा कुनै चासो नदेखाएको गुनासो गरेका थिए साथै पत्रकारको सुझाव पछि प्रमुख रावलले केहि प्रहरी चौकीहरु आफ्नै सुरक्षा गर्न नसक्ने अवस्था रहेकाले त्यस्ता चौकीहरुलाई पनि समायोजन वा अरु कुनै प्रक्रियाबाट बलियो बनाउने बताए ।

साथै प्रहरी र पत्रकारहरुलाई सुचना अत्यन्त महत्वपुर्ण हुने भएकाले आफुसंग प्राप्त यथासम्भव दिने व्यावस्था सुचना अधिकृत मार्फत गर्नेमा उनले जोड दिए ।विभिन्न मिडिया संग आवद्ध संचारकर्मी एवं पत्रकारहरुले जिल्लाको अवस्थाको बारेमा जानकारी गराएका थिए । अन्तरक्रियाको सहजीकरण प्रहरी निरिक्षक शैलेन्द्र कुमार भट्टले गरेका थिए । अछाम जिल्लामा जन्म भई कैलाली बसोबास गर्ने भोला बहादुर रावल पहिलो पटक प्रहरी नायव उपरिक्षक बाट प्रहरी उपरिक्षकमा बढुवा भई तीन दिन अघि गुल्मी आएका थिए ।

तस्विर – गुल्मी जिल्लाका प्रहरी प्रमुख भई आउनु भएका प्रहरी उपरिक्षक – एसपी भोला बहादुर रावल sp 2

सुनौ उहाँ संगको अडियो कुराकानी

यो पोष्ट तपाईलाई कस्तो लाग्यो कृपया पढीसकेपछि Share गर्न नभुल्नुहोस ।
Pin on PinterestPrint this page
हाम्रा हरेको प्रकाशनलाई फेसबुकमा पढ्न तथा हेर्नको लागि यहाँ लाइक गर्नुहोस।

कृपया प्रतिकृया दिनुहोस

You must be Logged in to post comment.