गुल्मीमा मदिरा व्यवसायीको बिरोध

Mon, Dec 7th, 2015:मा प्रकाशित

अनिल खत्री, गुल्मी मंसिर २१ ।
गुल्मीमा सञ्चालित मदिरा व्यसायिहरुले स्वतन्त्र रुपमा व्यापार व्यवसाय गर्न पाउनु पर्ने भन्दै सुरक्षाको माग गरेका छन् । आइतवार रेसुङ्गगा नगरपालिका वाडं नं ४ मा पर्नै मसिना पोखरी भन्ने ठाउँमा केही लुटेराहरुले षण्यन्त्र पुर्वक मदिरा बोकेको गाडीलाई अभद्र व्यवहार गरी बिभिन्न मदिरा आफैँ लैजाने गरेको ,व्यवसायी माथि मानसिक तनाव दिने साथै गाडीमा आगजानी गर्ने सम्मको धम्की दिएको प्रति व्यवसायिहरुले आपत्ति जनाएका छन् । जिल्ला स्थित ३६ वटा मदिरा व्यवसायिद्धारा हस्ताक्षरित विज्ञप्तीमा यस्ता किसिमको क्रियाकलापले उद्योग धन्दा व्यापार व्यवसाय बन्द हुन गई देशको अर्थतन्त्रमा असर पर्नुका साथै आफनो जिवन निर्वाहका लागि व्यापार व्यवसाय तथा जिल्ला स्थितका होटल व्यवयसाय समेत प्रभावित हुने विज्ञप्तीमा उल्लेख गरिएको छ । bbb

नेपाल सरकारले व्यक्तिगत सम्पत्तिको सुरक्षा स्वतन्त्रता पुर्वक व्यापार गर्ने अधिकार
प्रत्याभुति गरेको भन्दै सोही अनुसार विभिन्न व्यापारिक संस्थान समुह फर्महरुले नेपाल सरकारको सम्बन्धित निकायमा दर्ताभई व्यापार व्यवसाय गर्दै आएको बिज्ञप्तीमा उल्लेख छ । सरकारको आार्थिक मेरुदण्डका रुपमा रहेको उद्योग व्यापार व्यवसायिलाई धरासाहि हुने खालको बिभिन्न क्रियाकलाप प्रति घोर आपत्ति जनाएकोे छ । साथै यस्ता प्रकारका गतिबिधिमा संलग्न व्यक्तिहरुलाई यथासिघ्र कार्बाही गर्न माग गरेको छ । यदि नभए आन्दोलित हुने समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यो पोष्ट तपाईलाई कस्तो लाग्यो कृपया पढीसकेपछि Share गर्न नभुल्नुहोस ।
Pin on PinterestPrint this page
हाम्रा हरेको प्रकाशनलाई फेसबुकमा पढ्न तथा हेर्नको लागि यहाँ लाइक गर्नुहोस।

कृपया प्रतिकृया दिनुहोस

You must be Logged in to post comment.