डेरावालालाई दाउरामा खान पकाउन दिन गुल्मीका सिडियोको आग्राह

Fri, Nov 20th, 2015:मा प्रकाशित

प्रेम सुनार, गुल्मी मंसिर ४ ।
ईन्धन संकट बढ्दै गए पछि गुल्मीको सदरमुकाम लगायतका वजारी क्षेत्रमा डेरा गरेर बस्नेहरुलाई घरवेटीहरुले दाउरामा खान पकाउन दिन गुल्मीका प्रमुख जिल्ला अधिकारीले आग्राह गरेका छन् ।

पक्की घरमा घरवेटीहरुले दाउरामा खान पकाउन नदिएको डेरामा बस्नेहरुको गुनासो हामीले प्रमुख जिल्ला अधिकार िप्रदिपराज कंडेल समक्ष राखे पछि उनले मानविय संवेदना र देशको विषम परिस्थीतलाई मध्ये नजर गरी सवै घरवेटीहरुले डेरामा बस्नेहरुलाई दाउराबाट खान पकाउन दिने व्यवस्था मिलाई दिन आग्राह गरेका हुन् । उनले भने–‘ म विनम्रताका साथ आग्राह गर्दछु कि पक्की घरमा डेरमा राख्ने सवै घरवेटीहरुले करेसोवारी, वा खाली ठाउँमा टहरा बनाएर दाउराको चुलो बनाउने व्यवस्था गरी दिनुहोस् । ’ उनले घरवेटीहरुले समेत छतमा दाउरामा खान पकाउने गरेकोले त्यसै छतमै पनि डेरावालालाई खान पकाउने व्यवस्था मिलाउने तर्फ घरवेटी र समाजका सवै पक्ष लाग्नु पर्नेमा जोड दिए।

हिजो गुल्मीका विभिन्न पेट्रोलियम पदार्थको डिलहरुमा ३ सय ९२ थान आधा ग्याँस भरिएको सिलेण्डरहरु तम्घासमा भित्रिएको र प्रहरी प्रशासनको निगरानीमा अत्यावस्यक उपभोक्ताह्रुलाई वितरण गरिएको जानकारी दिदै थप ईन्धन आईतवार सम्म आउन सक्ने बताए । हिजो ३ हजार लिटर पेट्रोल र ९ हजार लिटर डिजल गुल्मी भित्रिएको र त्यो स्वास्थ्य क्षेत्र, कृषि र गाविसमा काम गर्ने कर्मचारीहरुलाई विशेष प्राथामिकतामा राखेर वितरण गरिएको जानकारी दिए ।

थप पेट्रोलियम पदार्थ सम्भवत आईतवार आई पुग्ने र त्यो गुल्मी क्षेत्र नम्वर ३ का सर्वसाधरणलाई वितरण गर्ने उनको भनाई छ । काण्ठमाण्डौ लगायत लामो दुरीका यातयातका सधानाहरुलाई पनि विशेष प्राथामिकतामा राखेर वितरण गरिएको भन्दै प्रशासन प्रति गुनै गुनासो भए जो कोही आएर वितरण सम्वन्धी रेकर्ड हेर्न समेत उनले आग्राह गरेका छन् ।

सुनौ उनै प्रमुख जिल्ला अधिकारी प्रदिपराज कंडेल संग सहकर्मी प्रेम सुनारले गरेको टेलिफोन कुराकानी……

ग्याँसका लागि तम्घासमा लाम लागेका उभोक्ताहरुg 1

g 2

g 4

g 5

g3

यो पोष्ट तपाईलाई कस्तो लाग्यो कृपया पढीसकेपछि Share गर्न नभुल्नुहोस ।
Pin on PinterestPrint this page
हाम्रा हरेको प्रकाशनलाई फेसबुकमा पढ्न तथा हेर्नको लागि यहाँ लाइक गर्नुहोस।

कृपया प्रतिकृया दिनुहोस

You must be Logged in to post comment.