बंगलादेशमा फेसबुक र च्याट वेबसाइटमा प्रतिबन्ध

Thu, Nov 19th, 2015:मा प्रकाशित

बंंगलादेशमा फेसबुक र च्याट गर्ने वेबसाइटमा रोक लगाइएको छ । सर्वोच्च अदालतले विपक्षी दलका दुई जना वरिष्ठ नेतालाई फाँसीको सजाय यथावत राखेपछि हिंसा भड्कन सक्ने भन्दै सामाजिक सञ्जालमा रोक लगाइएको हो ।bangaladesh

सामाजिक सञ्जाल बन्द गर्ने निणर्य सुरक्षा तथा कानूनी व्यवस्था कायम गर्नका लागि लिइएको एक अधिकारीले बताएका छन् । विपक्षी दलका नेता सलाहुद्धीन कादर चौधरी र अली अहसान मोहम्मदलाई सन् १९७१ मा पाकिस्तान विरुद्ध भएको युद्धका क्रममा युद्ध अपराध गरेको ठहर गर्दै फाँसीको सजाय सुनाइएको छ । अदालतको यो फैसलापछि बंगलादेशका केही ठाउँमा प्रदर्शन पनि भएको छ ।

दुवै नेतालाई दुई वर्ष अघि नै युद्ध अपराध तथा बलात्कारको घटनामा दोषी ठहर गरेको थियो । सर्वोच्च आदालतले पनि उनीहरुलाई दोषी ठहर गर्दै फाँसीको सजाय यथावत राखेको हो । दुवै जनालाई केही दिनमै फाँसी दिइने जनाइएको छ । एजेन्सीको सहयोगमा

यो पोष्ट तपाईलाई कस्तो लाग्यो कृपया पढीसकेपछि Share गर्न नभुल्नुहोस ।
Pin on PinterestPrint this page
हाम्रा हरेको प्रकाशनलाई फेसबुकमा पढ्न तथा हेर्नको लागि यहाँ लाइक गर्नुहोस।

कृपया प्रतिकृया दिनुहोस

You must be Logged in to post comment.