गुल्मीमा पहिलो पटक हुलाक दिवस मनाईयो (अडियो सहित)

Sat, Oct 10th, 2015:मा प्रकाशित

प्रेम सुनार, गुल्मी असोज २२ ।
गुल्मीमा पहिलो पटक औपचारिक कार्यक्रमका विच विश्व हुलाक दिवस मनाईएको छ । ‘विश्वमा हुलाक सेवा सुरु भएको १ सय ४१ वर्ष भयो तर गुल्मीमा भने यस अघि कुनै पनि वर्ष औपचारिक रुपमा विश्व हुलाक दिवस मनाईएको थिएन् ’–आयोजक संस्था जिल्ला हुलाक कार्यालयका प्रमुख हरिप्रसाद गैरेले अतिथीहरुलाई सम्वोधन गर्दै भने–‘ पहिलो पटक गुल्मीमा मनाउन लागिएको विश्व हुलाक दिवसमा यहाँहरुलाई हार्दिक स्वागत गर्दछु ।’
IMG_0001
यसरी गुल्मीमा पहिलो पटक मनाईएको विश्व हुलाक दिवस विशेष समारोहको उद्घाटन गर्ने अवसर पाए प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले । प्रमुख अतिथी गैरेले हुुलाक सेवामा महत्वपुर्ण योगदान पुराउने त्यस कार्यालयका ८४ जना कर्माचारीहरुलाई प्रशंसा पत्र सहित सम्मान पनि विशेष अतिथी स्थानिय विकास अधिकारी डिलाराम पन्थीले विश्व हुलाक दिवसका अवसरमा आयोजना गरिएको म्युजिकल चेयर प्रतियोगितामा महिला तर्फ प्रथम हुने खरिदार अजिता भण्डारी र पुरुष तर्फ प्रथम हुने हल्कारा चुरामणी पन्थीलाई पुरषकार वितरण गरेका थिए । विश्व हुलाक दिवसको अवसरमा सो कार्यालयले ३७ वर्ष देखि अनवरत सेवा गर्ने पुर्तिघाट ईलाका हुलाक सेवा कार्यालयका हल्कार वोमबहादुर काउछालाई सम्मान पनि गरेको छ । त्यस्तै विश्व हुलाक दिवसको अवसरमा आएका पहिलो सेवाग्राही रेसुङ्गा नगरपालिका–११, सिमचौर आँमडाडका ५५ वर्षिय गोविन्द वुढाथोकीलाई पनि सो कार्यालयले सम्मान गरेको छ । विश्व हुलाक दिवस हरेक वर्ष ठिक आज कै दिन अक्टुवर ९ तारिखमा मनाउने गरिन्छ ।

‘ तिमी शिक्षित हुन चाहेको संसार बताउ’ भन्ने मुल नाराका साथ मनाईएको विश्व हुलाक दिवस कार्यक्रममा राजनैतिक दलका प्रतिनिधीहरु भने सहभागी थिएनन् । कार्यक्रममा गुल्मपति सेनानी जनककुमार वस्नेत, जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक रविन्द्र रेग्मी , जिल्ला अनुसन्धान कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक प्रभु मल्ल लगायत विभिन्न कार्यालयका प्रमुखहरुको विशेष आतिथ्यता रहेको थियो । जिल्ला हुलाक कार्यालयका प्रमुख हरिप्रसाद गैरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नायव सुव्वा निमा चापागाईको स्वागत मन्तव्य र खरिदार श्यामलाल पाण्डेको सञ्चालन रहेको थियो ।

विश्व हुलाक दवसको अवसरमा नेपालमा हुलाक सेवा र सञ्चार सुविधाको ईतिहासको बारेमा जिल्ला हुलाक कार्यालय प्रमुख हरिप्रसाद गैरे संग सहकर्मी प्रेम सुनारको कुराकानी सुनौ!

यो पोष्ट तपाईलाई कस्तो लाग्यो कृपया पढीसकेपछि Share गर्न नभुल्नुहोस ।
Pin on PinterestPrint this page
हाम्रा हरेको प्रकाशनलाई फेसबुकमा पढ्न तथा हेर्नको लागि यहाँ लाइक गर्नुहोस।

कृपया प्रतिकृया दिनुहोस

You must be Logged in to post comment.