नेपाली कांग्रेस क्षेत्र नं. ३, गुल्मीको प्रेस विज्ञप्ती

Sun, Sep 20th, 2015:मा प्रकाशित

आमाबुबा दाजुभाई तथा दिदिबहिनीहरू !

संबिधानसभाका माध्यमबाट संबिधान प्राप्त गरेको सुखद उपलक्ष्यमा सर्बप्रथम सम्पूर्ण नागरिकहरूलाई बधाई एबम शुभकामना ब्यक्त गर्दछु । यो दिन ल्याउनको निमित्त २००७ साल देखि आज सम्म संघर्ष गर्नुहुने सम्पूर्ण महान आत्महरुका प्रति श्रद्धासुमन अर्पण गर्दछौं । नेपालको संबिधान २०७२ ल्याइपु¥याउन सहयोग गर्ने सम्पूर्ण मतदाता, राजनीतिक दल, सभासद ज्यूहरू, बुद्धिजीवी, कर्मचारी, ब्यवसायी, पत्रकार, बिद्यार्थी लगायत सबैलाई आ–आफ्नो ठाउँबाट निर्बाह गर्नुभएको भूमिकाको उच्च कदर गर्दछौँ ।

हरेक घरमा दिपावली गरेर सुखको यस क्षणलाई साटासाट गरौँ । धेरै पूरानो सपना पूरा गराउने हाम्रो पुस्ता भाग्यमानी पुस्ता मात्रै होइन जिम्मेवार पुस्ता पनि हो । हामीले निर्माण गर्ने थितिले भोलिको पुस्तासँग सम्बन्ध राख्छ । यसै थितिको आधारमा भोलिको सुन्दर र सम्पन्न नेपाल निर्माण हुने छ । विकास जनताको अधिकारको रुपमा घरघरमा पुग्ने सबैको संबिधान निर्माणको सन्दर्भमा गाविस तथा वडा तहहरुमा छलफल र सभाहरू आयोजना गर्दै नागरिकलाई जानकारी गराऔँ । आफू जिम्मेवार बनौँ र अरुलाई पनि जिम्मेवारी बहन गर्न लगाऔँ । साथै, नागरिकहरूलाई सुसुचित गर्ने काम गर्न नेपाली कांग्रेसका सम्पूर्ण सम्पूर्ण गाउँ तथा वडा समितिहरूलाई क्षेत्रीय समिति हार्दिक अनुरोध गर्दछौ ।

दामोदर भुसाल
सभापति
नेपाली कांग्रेस क्षेत्र नं. ३, गुल्मी

यो पोष्ट तपाईलाई कस्तो लाग्यो कृपया पढीसकेपछि Share गर्न नभुल्नुहोस ।
Pin on PinterestPrint this page
हाम्रा हरेको प्रकाशनलाई फेसबुकमा पढ्न तथा हेर्नको लागि यहाँ लाइक गर्नुहोस।

कृपया प्रतिकृया दिनुहोस

You must be Logged in to post comment.