NRNA Press Release

Mon, Jul 6th, 2015:मा प्रकाशित

मिति: २१ असार २०७२ ।

Ref. N-27-013-15

                                                                

हार्दिक स्वागत !

         निकै लामो प्रयास पछि राजनैतिक दलहरुको सहमतिमा नेपालको संविधान २०७२ को प्रारम्भिक मस्यौदा संविधान सभामा पेश भएकोमा गैरआवासीय नेपाली संघ यसको स्वागत गर्दछ । यस ऐतिहासिक सहमतिले संविधान निर्माण प्रक्रिया अन्तिम चरणमा प्रवेश गरेकोमा संघ सबै सरोकारवालाहरुमा हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्दछ ।

      यस प्रारम्भिक मस्यौंदामा नेपाली जनताका मौलिक हक तथा मूलभूत अधिकार, सार्वभौंम सत्ता र संघीय गणतन्त्रामक लोकतान्त्रिक विधीको सुरक्षा आदिको सुनिश्चितताले नेपाली जनतालाई सर्वोपरी स्थान दिई सम्पूर्ण नेपालीको हक अधिकारको सम्बोधन हुने विश्वास संघले लिएको छ ।

         अन्त्यमा, यस मस्यौदामा गैरआवासीय नेपालीका सामाजिक र आर्थिक अधिकारहरुलाई पनि सम्बोधन गरिएकोमा यस प्रति संघ सरोकारवाला सबैमा हार्दिक आभार प्रकट गर्दछ । अब यसलाई अन्तिम रुप दिई चाँडो भन्दा चाँडो नयाँ संविधान जारी गर्न गैरआवासी नेपाली संघ हार्दिक आह्वान गर्दछ ।

मन केसी
प्रवक्ता
अन्तर्राष्ट्रिय समन्वय परिषद्,
गैरआवासीय नेपाली संघ ।

यो पोष्ट तपाईलाई कस्तो लाग्यो कृपया पढीसकेपछि Share गर्न नभुल्नुहोस ।
Pin on PinterestPrint this page
हाम्रा हरेको प्रकाशनलाई फेसबुकमा पढ्न तथा हेर्नको लागि यहाँ लाइक गर्नुहोस।

कृपया प्रतिकृया दिनुहोस

You must be Logged in to post comment.