प्रेस विज्ञप्ती

Wed, Jun 10th, 2015:मा प्रकाशित

प्रेस विज्ञप्ति

गैर आवासीय नेपाली संघद्वारा संविधान निर्माणका लागि भएको सहमतिको स्वागत संविधान निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउन नेपालका प्रमुख चार राजनीतिक दलहरु वीच भएको सभझदारी र प्रतिबद्धतालाई गैर आवासीय नेपाली संघ हार्दिक स्वागत गर्दछ ।

देश र जनताले महाभूकम्पको मार खपिरहेको बेला राज्यको सम्पूर्ण शक्ति पुनर्निर्माण, पुनस्र्थापना र आर्थिक विकासमा केन्द्रित गर्नुपर्ने वर्तमान आबश्यकतालाई महसुस गर्दै राजनीतिक दलहरुले देखाएको अभूतपूर्व एकताले नेपाली जनता र सम्पूर्ण गैरआवासीय नेपालीहरुमा आशाको संचार गराएको छ ।राजनीतिक दलहरुले गरेको सहमतिअनुसार अब केही महिनामै मुलुकले नयाँ संबिधान पाउने र मुलुकमा राजनीतिक स्थीरता कायम भई पुनःनिर्माण र आर्थिक सम्बृद्धिको मार्गमा अघि बढ्ने हामीले विश्वास लिएका छौं ।

यो सँगै मूख्य राजनीतिक दलहरुवीच भएको सहमति अनुसार नयाँ संबिधानमा गैरआवासीय नेपालीहरुले नागरिकता पाउने बिषयको समेत सम्बोधन हुने बिश्वासका कारण हामी थप उत्साहित खुसी भएका छौं । मातृभूमीलाई संकट परेका बेला नेपालमै आएर केही गर्ने अठोट बोकेका मनकारी गैरआवासीय नेपालीहरुलाई यसले थप उत्साह र हौसला प्रदान गर्ने छ ।संबिधान निर्माण र स्थायित्वसँगै गैरआवासीय नेपाली संघ मुलुकको आर्थिक सम्बृद्धि र पुनःनिर्माण मा साझेदार बनेर योगदान गर्न तप्पर छ । नेपालमा सीप, ज्ञान र पूँजी भित्राएर मुलुकलाई सम्बृद्ध बनाउने हाम्रो अभियानलाई अझै उचाईमा पुर्‍याउने प्रतिबद्धता जनाउँछौं ।

शेष घले
अध्यक्ष,
अन्तर्राष्ट्रिय समन्वय परिषद, गैरआवासीय नेपाली संघ ।
मिति : २०७२ जेठ २७

यो पोष्ट तपाईलाई कस्तो लाग्यो कृपया पढीसकेपछि Share गर्न नभुल्नुहोस ।
Pin on PinterestPrint this page
हाम्रा हरेको प्रकाशनलाई फेसबुकमा पढ्न तथा हेर्नको लागि यहाँ लाइक गर्नुहोस।

कृपया प्रतिकृया दिनुहोस

You must be Logged in to post comment.