प्रेस विज्ञप्ति

Thu, Apr 30th, 2015:मा प्रकाशित

प्रेस विज्ञप्ति

गत अप्रिल २५ तारिखमा नेपालमा आएको विनाशकारी भूकम्पबाट भएको जनधनको अपूरणीय क्षतिप्रति अष्ट्रेलियन एजुकेशन कन्सल्टेन्ट्स अलायन्स (एका)गहिरो दु:ख व्यक्त गर्दछ। यस विनाशकारी भूकम्पमा आफ्नो ज्यान गुमाउनुहुने सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूको आत्माको चीर शान्ति र परिवारजन गुमाउनुहुने सम्पूर्ण नेपालीहरूप्रति हामी हार्दिक समवेदना व्यक्त गर्दछौँ। त्यस्तै, घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ।

विपत्तिमा परेकोलाई सक्दो सहयोग गर्नु सम्पूर्ण मानवजातिकै कर्तव्य हो। त्यसमा पनि हामी नेपालीहरूमा त एकअर्कालाई सहयोग गर्ने भावना अत्यन्त बलियो रहेको छ।

विपत्तिमा परेका परिवारको सहयोगार्थ ‘एका’ले आज पचास हजार अष्ट्रेलियन डलर प्रारम्भिक सहयोगस्वरूप प्रदान गरेको छ। यो रकम ‘एका’ का सदस्यहरूबाट जम्मा भएको हो। पचास हजार डलरमध्ये पन्ध्र हजार डलर एनआरएनएमार्फत र बाँकी पैँतीस हजार डलर वर्ल्ड भिजन अष्ट्रेलियामार्फत नेपाल पठाइएको छ। यसबाहेक ‘एका’ले अष्ट्रेलियाका विभिन्न शैक्षिक संस्थासँग पनि सहयोगको लागि अपील गरेको छ। केही दिनभित्रै ती संस्थाहरूबाट पनि सहयोगको घोषणा हुनेमा हामी आशावादी छौँ।

सम्पूर्ण नेपाली जनता, नेपाल सरकार, विभिन्न संघसंस्था र विदेशी मित्रराष्ट्रको समेत सहयोगमा भूकम्पपीडित नेपाली जनताले चाँडै भन्दा चाँडै राहत पाउनेछन् भन्नेमा हामी विश्वस्त छौँ।

विवेक थापा
अध्यक्ष

यो पोष्ट तपाईलाई कस्तो लाग्यो कृपया पढीसकेपछि Share गर्न नभुल्नुहोस ।
Pin on PinterestPrint this page
हाम्रा हरेको प्रकाशनलाई फेसबुकमा पढ्न तथा हेर्नको लागि यहाँ लाइक गर्नुहोस।

कृपया प्रतिकृया दिनुहोस

You must be Logged in to post comment.