नेपाल आईडल ग्राण्ड फिनालेका लागि कतारमा प्रेस मिट

Mon, Aug 28th, 2017:मा प्रकाशित

एम पी पोख्रेल,  कतार ।
एपि १ टेलिभिजनबाट प्रसारीत नेपालकै पहिलो नेपाली आडलको फिनाले कतारमा हुने भएको छ । अनएक्सवन ईन्टरनेसनल र एभरेष्ट नेपाल योथ एसोसिएसनको आयोजनामा हुन लागेको उक्त ग्राण्ड कार्यक्रमबारे जानाकारी गराउन हिजो कतारको सालिमार प्यालेस रेष्टुरेण्टमा आयोजित पत्रकार सम्मेलनमा उक्त कार्यक्रमका बारेमा जानाकारी गराईयो ।
21106521_1773567296005391_634079822504384470_nउक्त कार्यक्रमलाई एसोसिएसनका अध्यक्ष समाजसेवी तथा ब्याबसायि उत्तम गुरुङले सभापतित्व गरेका थिए भने पत्रकारहरुको प्रश्नका जबाफ ग्राण्ड फिनाले मेन एडभाईजर सामाजिक अगुवा सागर नेपाल, ईभेण्ट पार्टनर ब्याबासायी तथा युवा समाजसेवी प्रबिन गुरुङ,ईभेण्ट म्यानेजमेण्ट ब्याबासायी प्रकास गुरुङ , प्रमुख सल्लाहकार समाजसेवी बिल गुरुङ तथा उत्तम गुरुङले दिएका थिए । 21106851_1773567232672064_969187760271174115_nएडभाईजर अफ दि ईभेण्ट सागार नेपालले दोहाका कलाप्रेमीहरुले आफु मासिएर पनि कला र कलाकारीता मर्न नदिएको उक्ती प्रस्तुत गर्दै नेपाली समाजले कलाकारीतालाई सधैब मायाँ र सम्मान गरेको र त्यसैको फलस्वरुप नेपाल आईडल जस्तो अत्यन्तै चर्चित कार्यक्रमको फिनाले कतारमा हुदै गरेको जानाकारी दिए ।

पत्रकारहरुको प्रश्नको जवाफ दिने क्रममा समाजसेवी तथा ब्याबसायी प्रबिन गुरुङले कार्यक्रमको सफलताको बलियो पक्ष र ईभेण्ट म्यानेजमेण्ट टिमबारे जानाकारी दिएका थिए ।

कार्यक्रमा पत्रकारहरुको जवाफ दिने क्रममै समाजसेवी तथा ब्याबसायी उत्तम गुरुङले आज सम्म दोहामा भएका कार्यक्रम मध्यको उत्कृष्ट कार्यक्रम बन्ने उल्लेख गरे ।

स्मरण रहोस नेपाल आईडलको ग्राण्ड फिनाले आगामी सेप्टेम्बर २२ का दिन साँझ ५ बजेबाट कतारको ओमसलाल अल सानिम ईण्ड्रस्टी्रयल एरिया ग्राण्डमलको एम्पीथिएटर हलमा तय गरिएको छ ।

ग्राण्ड फिनालेको लाईभ प्रसारणका साथै टिकटका लागी अनलाईन क्यु टिकट र बिभिन्न सम्पर्कका माध्यमबाट हुनेछ टिकट दर ३५ देखी २०० सम्म रहेको छ भने रेड कार्पेट एरिया बाहेक १६५०० सिट सँख्याको हल रहेको छ ।

यो पोष्ट तपाईलाई कस्तो लाग्यो कृपया पढीसकेपछि Share गर्न नभुल्नुहोस ।
Pin on PinterestPrint this page
हाम्रा हरेको प्रकाशनलाई फेसबुकमा पढ्न तथा हेर्नको लागि यहाँ लाइक गर्नुहोस।

कृपया प्रतिकृया दिनुहोस

You must be Logged in to post comment.