गुल्मी सेवा समाज कतारले १५औं वार्षिकोत्सव मनायो

Mon, Aug 28th, 2017:मा प्रकाशित

कुमार अविरल पन्थी, कतार।
गुल्मी सेवा समाज कतारको प्रतिबद्धता, निस्वार्थ समाज सेवा आजको आवस्यकता भन्ने मूल नाराका साथ गुल्मी सेवा समाज कतारको १५ औ वार्षिकोत्सव तथा वार्षिक भेला कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

कार्यक्रममा अध्यक्ष बुद्ध पाण्डेको सभापतित्व रहेको थियो । प्रमुख अतिथिमा द्रोण बहादुर बस्नेत, बिशेष अतिथिमा प्रमुख सल्लाहकार शिव खड्का, सल्लाहकार बिजय बिक्रम बस्नेत, भिम तरामु मगर, कुलचन्द्र बस्नेत महिला संयोजक बिष्णु खत्री रहेका थिए । त्यसैगरी अतिथिहरुमा समाजका आजीवन सदस्य अर्जुन मरासिनी, महिला सदस्य मन्जु बलाल, अतिथि रहेका थिए । साथै रोजगारीको सिलसिलमा कतारमा कार्यरत गुल्मेलीहरुको जल्दो बल्दो उपस्थिति रहेको थियो ।

विधिवत रुपमा व्यानर अनावरण, दिप प्रज्वलन तथा केक काटेर उद्घाटन गरिएको कार्यक्रममा राष्ट्रिय गान र वीर शहिदहरुको सम्झनामा मौन धारण समेत गरिएको थियो । सस्थाका प्रथम उपाध्यक्ष झबिन्द्र आचार्यले स्वागत मन्तव्य प्रस्तुत गर्दै उपस्थित सबैलाई स्वागत गरेका थिए ।

सस्थाले साधारणसभा भएको १ वर्ष पुरा भएपछि वार्षिकोत्सव तथा वार्षिक भेला कार्यक्रम आयोजना गर्ने गर्छ । कार्यक्रममा समाजको साँगठिनिक प्रतिवेदन सुरज बिसी र आर्थिक प्रतिवेदन कोषाध्यक्ष मित्र बीएसले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा समाजका विभिन्न कार्यक्रमहरुमा महत्वपूर्ण योगदान दिनुहुने व्यक्तित्व एवम सम्मान गरिएको थियो । साथै सोहि कार्यक्रममा समाजले प्रदान गरेको आजीवन सदस्य हरुलाई आजीवन सदस्यताको प्रमाण पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा विजय बस्नेत, भिम तरामु मगर, शिव खड्का लगायतले बोलेका थिए । यसैगरी समाजका संरक्षक तथा कार्यक्रमका प्रमुख अतिथि द्रोण बहादुर बस्नेतले सस्थाको उतरोत्तर प्रगतिको कामना गर्दै सस्था संचालनमा बिगत देखि वर्तमानका बारेमा बोलेका थिए ।

त्यस्तै कार्यक्रममा गुल्मेली गायक अजित अविरल, दिपेन्द्र सुनार, अनिल बिसी लगायतले आ-आफ्नो प्रस्तुती राखेका थिए । सोहि कार्यक्रममा हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको अवसर पारेर कतारमा रहेका गुल्मेली तथा गैर गुल्मेली दिदी बहिनीहरुलाई तिजको दर समेत खुवाइएको थियो । हर्षोल्लासका साथ उपस्थित भएका दिदीबहिनीहरुले तिजको भाकामा छमछमी नाचेका थिए ।

कार्यक्रमका सभापति एवम सस्थाका अध्यक्ष बुद्ध पाण्डेले कार्यक्रम सभ्य भव्य र सफल बनाउन टाढा-टाढाबाट आउनु भएका गुल्मेली एवम गैर गुल्मेलीहरुलाई धन्यवाद दिदै आगामी दिनमा सस्थालाई अझ शसक्त बनाएर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्दै समापन गरेका थिए । कार्यक्रम समाजका उपाध्यक्ष कुमार अविरल पन्थीको संचालनमा सम्पन्न भएको थियो ।
IMG_0263

IMG_0266

IMG_0377

IMG_0400

IMG_0405

IMG_0431

IMG_0522

यो पोष्ट तपाईलाई कस्तो लाग्यो कृपया पढीसकेपछि Share गर्न नभुल्नुहोस ।
Pin on PinterestPrint this page
हाम्रा हरेको प्रकाशनलाई फेसबुकमा पढ्न तथा हेर्नको लागि यहाँ लाइक गर्नुहोस।

कृपया प्रतिकृया दिनुहोस

You must be Logged in to post comment.