सरस्वती निमाबि अर्लाङ्कोटको ५६ औ बार्षिकोत्सब कार्यक्रम सम्पन्न !

Thu, Jan 26th, 2017:मा प्रकाशित

अनिश शर्मा गैरे, प्रकाश घिमिरे, वामी गुल्मी ।

सरस्वती निम्न माद्यामिक बिद्यालय अर्लाङ्कोट १ डाँसीकोट गुल्मीको ५६ औ बार्षिकोत्सब कार्यक्रम आज सम्पन्न भएको छ । 20170126_142450

आज भएको कार्यक्रममा हाजीरीजवाफ प्रतियोगीता, कविताको अन्ताक्षरी, पिटी प्रदर्शन, गाबिसका बिद्यालयहरुको रेकर्ड डान्स लगायतका कार्यक्रमहरु सम्पन्न भएका छन ।

बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष भुपाल खरालको अध्यक्षता रहेको कार्यक्रममा वामी श्रोत केन्द्रका श्रोत ब्यक्ति देविराम शर्माको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले ग्रामिण क्षेत्रमा भएर पनि बिद्यालयले सभ्य र भब्य कार्यक्रम गर्नु राम्रो भएको बताउनुभयो । बिद्यार्थीहरुको शैक्षिक उपलब्धि सँगै अतिरिक्त कार्यक्रममा पनि समावेश गराइनु राम्रो कुरा भएको बताउनुभयो ।

20170126_155302
बिद्यार्थीहरुले प्रदर्शन गरेको कविताको अन्ताक्षरी बाट आफु निकै प्रभाबित तथा छक्क परेको बताउनुभयो । साथै बिद्यार्थीहरुलाइ आउँदै गरेको परिक्षाको लागि तयार रहन आग्रह गर्नुभयो ।

कार्यक्रममा बिद्यालयका प्रद्यानाध्यापक सम्झना कंडेलले ५४ लाख ६८ हजार ८ सय २३ बराबरको आय ब्याय बिवरण सार्वजिनक गर्नुभएको थियो ।20170126_141903

कार्यक्रममा बिद्यालयका सल्लाहकार सदस्यहरु रामकृष्ण कंडेल, बिष्णु प्रसाद खरेल रेडियो पुष्पाञ्जलीका स्टेशन मेनेजर प्रकाश घिमिरे, कार्यक्रम प्रमुख विवेक काफ्ले, बिभिन्न बिद्यालयका प्रमुख तथा प्रतिनिधिहरु लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बिद्यालयका सल्लाहकार सदस्यहरु रामकृष्ण कंडेल, बिष्णु प्रसाद खरेल लगायते बोल्नुभएको थियो । 20170126_165045
अन्तर बिद्यालय स्तरीय रेकर्ड डान्स प्रतियोगीतामा न्यु साइन स्टार अङग्रेजी आवासीय बिद्यालय प्रथम, ज्ञानज्योती निमाबि द्धितिय तथा ददल्का माबि तृतिय भएका छन ।20170126_165125

बिद्यालयका भुपु प्रद्यानाध्यापक डिलाराम खरेलको स्वागत रहेको कार्यक्रमको सञ्चालन बिद्यालयका शिक्षक बिष्णु प्रसाद आचार्यले गर्नुभएको थियो ।

यो पोष्ट तपाईलाई कस्तो लाग्यो कृपया पढीसकेपछि Share गर्न नभुल्नुहोस ।
Pin on PinterestPrint this page
हाम्रा हरेको प्रकाशनलाई फेसबुकमा पढ्न तथा हेर्नको लागि यहाँ लाइक गर्नुहोस।

कृपया प्रतिकृया दिनुहोस

You must be Logged in to post comment.