उत्तरगंगा उमाविमा विद्यालय व्यवस्थापन समिति गठन

Wed, Jan 25th, 2017:मा प्रकाशित

बागलुङ, माघ १२ ।
बुर्तिबाङको उत्तरगंगा उच्च माध्यमिक विद्यालयका सोमबार विद्यालय व्यवस्थापन समिति गठन भएको छ । विद्यालयमा व्यवस्थापन समितिको गठनका लागि बोलाइएको यो तेस्रो अभिभावक भेला थियो । यस अघि दुई÷दुई पटक बोलाइएको अभिभावक भेलामा अभिभावकहरुको गणपुरक संख्या नपुगेकाले शिक्षा ऐन अनुसार तेस्रो पटकको भेलामा उपस्थितिको संख्यालाई बहुमत मानेर प्रक्रिया अगाडि बढाइने भएपछि सोही भेलाले समिति गठन गरेको जिल्ला शिक्षा कार्यलय बागलुङका प्रतिनिधि तथा उत्तरगंगा उच्च माध्यमिक विद्यालय स्रोत केन्द्रका स्रोत व्यक्ति वेदबहादुर बुढाले बताएका छन् ।

सोमबार विद्यालयमा बोलाइएको अभिभावक भेलामा अभिभावकहरुबीच सहमति गरि समिति चयन गरिने प्रक्रिया थालिएपनि अन्ततः समितिको पूर्ववत पदाधिकारीहरु देखि वेला वखत विवादास्पद निर्णय गर्ने पदाधिकारीहरुको समेत उपस्थिति देखिन्थ्यो ।
उपस्थित अभिभावकहरुबाट २ महिला सहित ४ जना सदस्य छनोट गर्नुपर्नेमा ५ जना उमेदवारको नाम दर्ता भयो । केही वेरको सहमति पछि पुनः सहमतिबाट गौमती कुमाल र तारा आचार्यलाई निर्वाचित गरिएको थियो । यस्तौ २ जना पुरुष सदस्य छनौट प्रक्रियामा भने १२ जना अभिभावकहरुले उमेदवारी दिएका थिए ।

अन्ततः सहमती जुट्न नसकेपछि शिक्षा ऐन अनुसार निर्वाचन प्रक्रियामा जानु पर्ने अवस्था सिर्जना हुँदा १२ जना मध्ये ७ जनाले उमेदवारी फिर्ता लिए र ५ जनाबीच निर्वाचन सुरु गरियो । २ जना सदस्य पदका लागि उमेदवारी दिएका उमेदवारहरु मध्ये नर बहादुर कुँवरले सबैभन्दा बढी ३३ मत, अर्का उमेदवार उद्धबीर घर्तीले २८ मत, ज्ञान प्रसाद कँडेलले ६ मत, बालसम कुवँरले १ र दिलबहादुर कुमालले १ मत प्राप्त गर्नुभएको थियो ।

यद्यपी ज्ञान प्रसाद कँडेल, बालसम कुँवर र दिलबहादुर कुमालको उमेदबारी दिएपनि नाम फिर्ता लिने समयसम्म फिर्ता पनि नलिएको र निर्वाचनमा समेत सहभागीता जनाएनन् । आफुहरुलाई मतदान गर्ने अभिभावक नदेखेपछि उनीहरु निर्वाचनमा सहभागी नहुने र सर्वसम्मतबाटै समितिको छनौटको प्रक्रियामा जान दवावदिइरहेका थिए । ‘सर्वसम्मत नभएको अवस्थामा आफुले निर्वाचनमा भाग नलिएको उमेदवारी दिनुभएको एक प्रतिनिधि ज्ञान प्रसाद कँडेलले बताउनुभएको छ ।

निर्वाचनमा गएर भन्दा सहमतिवाट समितिले बनाएरमा कार्य सञ्चालनमा सजिलो हुने भएकाले आफुले सर्वसम्मत चाहेको तर त्यस्तो अवस्था नदेखिएपछि आफु निर्वाचन प्रक्रियामा नबसेको कँडेलको भनाई थियो । ’यसरी चयन गरिएको ४ सदस्यीय समितिले पुनः बैठक बसेर चुडाबहादुर कुवँर र नेत्र कुमारी खनाललाई मनोनित गरि , फेरि बसेको बैठकले चुडाबहादुर कुवँरलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा चयन गरेको छ ।

सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक रहने व्यवस्था अनुसार, ७ सदस्यीय समिति चयन गरेको छ । उक्त समितिको पहिलो बैठकले एक जना शिक्षक प्रतिनिधि चयन गरेपछि समितिले पूर्णता पाउने बताइएको छ । नव निर्वाचित समितिका पदाधिकारीहरुलाई सोमबार नै स्रोत व्यक्ति वेदबहादुर बुढाले सफथ खुवाउनुभएको बताइएको छ ।

यो पोष्ट तपाईलाई कस्तो लाग्यो कृपया पढीसकेपछि Share गर्न नभुल्नुहोस ।
Pin on PinterestPrint this page
हाम्रा हरेको प्रकाशनलाई फेसबुकमा पढ्न तथा हेर्नको लागि यहाँ लाइक गर्नुहोस।

कृपया प्रतिकृया दिनुहोस

You must be Logged in to post comment.