वामी अर्लाङ्कोट काडेबास मोटर बाटो को स्तरोन्नतीको लागि १ करोड बजेट विनियोजन !

Wed, Jan 25th, 2017:मा प्रकाशित

अनिश शर्मा गैरे, वामी गुल्मी 
वामी अर्लाङ्कोट काडेबास मोटर बाटो को स्तरोन्नती तथा नया ब्यबस्थित सडक निर्माणको लागि एक करोड बजेट बिनियोजन भएको छ ।
साँसद चन्द्र भण्डारी तथा नेपाली काँग्रेस जिल्ला जिल्ला कार्य समिति गुल्मीको बिशेष पहलमा सोही बजेट सडकको स्तरोन्नतीको लागि बिनियोजन भएको जनाइएको छ ।
जिल्ला कार्य समितिका सचिब खिलध्वज पन्थीले आफुहरु सधै बिकासको पक्षमा रहेको बताउँदै सदैव गुल्मीको बिकासको लागि खटिरहने बताउनुभएको छ ।

road-1

साथै उहाँले अर्लाङ्गकोटको ददल्का को सडक मर्मत तथा स्तरोन्नतीको लागि पनि बजेट विनियोजनको लागि बिशेष पहल गर्ने बताउनुभएको छ ।

बजेट बिनियोजन सँगै बर्षा–हिउँद दुबै समयमा समस्या ग्रस्त हुने सोही सडकको स्तरोन्नती हुनेछ । जस्ले गर्दा यात्रुहरुले सहजता अनुभवन गर्न पाउने छन ।

काम केही समयमै शुरु हुने बताइएको छ ।

यो पोष्ट तपाईलाई कस्तो लाग्यो कृपया पढीसकेपछि Share गर्न नभुल्नुहोस ।
Pin on PinterestPrint this page
हाम्रा हरेको प्रकाशनलाई फेसबुकमा पढ्न तथा हेर्नको लागि यहाँ लाइक गर्नुहोस।

कृपया प्रतिकृया दिनुहोस

You must be Logged in to post comment.