हसरामा नेबिसंघको गठन : अनेरास्वबियुका अध्यक्ष सहित १० जना नेबिसंघमा प्रवेश !

Mon, Jan 23rd, 2017:मा प्रकाशित

अनिश शर्मा गैरे, वामी गुल्मी, १० माघ
ने बि संघ गुल्मीको संगठन बिस्तार कार्यक्रम अन्तर्गत गुल्मीको हसरा गा वि समा रहेको सत्यवती बहुमुखी क्याम्पसमा आज नया इकाइ समितिको गठन गरिएको छ ।

16237108_1396031290448468_1343166756_n
प्रिया ज्ञवालीको सभापतित्वमा ३६ सदस्यीय मुल इकाइ कार्यसमितिको गठन गरिएको छ । बिद्यार्थी मिना भण्डारीको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन राम्जी भण्डारीले गर्नु भएको थियो ।
क्याम्पस इकाई गठन कार्यक्रम सोहि क्याम्पस कि बिद्यार्थी प्रिया ज्ञवाली को सभाअध्यक्षता रहेको थियो कार्यक्रममा नेपाल बिद्यार्थी संघ जिल्ला कार्य समिति गुल्मीका कार्यवाहक सभापति झबिन्द्र पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो भने नेपाली काङ्ग्रेस जोहाङ का सभापति बिष्णु भण्डारी, नेपाल तरुण दल क्षेत्रीय सचिब सुदिप ज्ञवाली, नेपाली काङ्ग्रेस हसराका का वडा सभापति, नेबिसंघ रेसुङा क्याम्पस का इकाइ सह सचीव पुनाराम घिमिरे लगायतको आतिथ्यता रहेको थियो ।

16237320_1396031893781741_1345967323_n
उता केही दिन अघि गठित अनेरास्वबियुमा अध्यक्ष भएकी एक बिद्यार्थीको सभापतित्वमा सत्यबती उमाबिमा नया इकाइ समिति गठन गरिएको छ । अनेरास्ववियु अध्यक्ष बन्नुभएकी मनिषा भण्डारीले पहिले आफुले नबुझेर अन्त लागेको भन्दै नेबिसंघको सभापति बन्नुभएको नेबिसंघ जिल्ला कार्यवाहक सभापति झबिन्द्र पाण्डेले जानकारी दिनुभएको छ । उहँले आफु अञ्जानमा अन्तै तर्फ लागेको बताउँदै, अहिले आफैले बुझेपछि यता लागेको बताउनुभएको छ ।

16295366_1396031753781755_1419027755_n
भण्डारी सहित उपाध्यक्ष घनश्याम भण्डारी तथा सदस्य हरु समिक्षा ज्ञवाली, सागर ढकाल, सृजना ज्ञवाली, सृजना भण्डारी, बर्षा ढकाल, सोनि भण्डारी, यमुना भण्डारी ,मन्जु भण्डारी, सृजना पौडेल, रिता भण्डारी र पुजा भण्डारी लगायतले अनेरास्ववियु परित्याग गरि ने बि संघ मा प्रवेश गर्नु भएको छ । कार्यक्रममा नव निर्वा्चित समितिलाइ टिका सहित सफल कार्यकालको शुभकामना दिइएको थियो ।

16237406_1396031457115118_591345441_n

यो पोष्ट तपाईलाई कस्तो लाग्यो कृपया पढीसकेपछि Share गर्न नभुल्नुहोस ।
Pin on PinterestPrint this page
हाम्रा हरेको प्रकाशनलाई फेसबुकमा पढ्न तथा हेर्नको लागि यहाँ लाइक गर्नुहोस।

कृपया प्रतिकृया दिनुहोस

You must be Logged in to post comment.