९० वर्षको उमेरमा एमआरपी !

Wed, Jan 18th, 2017:मा प्रकाशित

प्रेम सुनार
गुल्मी , माघ–५ । वैदेशिक रोजगारका लागि एमआरपी बनाउने युवाहरुको भिडमा उभिदै आज जिल्ला प्रशासन कार्यालय गुल्मीमा एक जना ९० वर्षिय बृद्धले पनि एमआरपी फारम भरेर पेश गरेका छन् ।mrp  news

आँपचौर –का ९० वर्षिय दुर्गादत्त अर्यालले एमआरपी अर्थात मेशिन रिडेवल पासपोर्ट बनाउन लागेका हुन् । छोरा छोरी नातिनीहरु विभिन्न विकासित मुलकमा रहेको र उनिहरुले घुम्न बोलाए पछि अर्याललाई एमआरपीको खाँचो परेको हो ।

विक्रम सम्वत १९८७ साल माग ३ गते जन्म भएको उनको एमआरपी फारममा उल्लेख छ । त्यसबाट उनि ८९ वर्ष पुरा गरी ९० वर्षको उमेरमा पाईला टेकेका छन् ।

अष्ट्रेलियामा रहेका छोरी ज्वाई वन्दना अर्याल कँडेल र सुरज कँडेल । त्यस्तै सिंगापुरमा रहेका नाती सुरेश अर्यालले घुम्न वोलाए पछि त्यसको पुर्व तयारीका रुपमा अर्यालले छोरा ऋषिराम शर्मा अर्यालका साथमा आएर एमआरपी पेश गरेका थिए ।

हन त उनले हस्तलिखित राहदानी दुई वर्ष अघि बनाएर सिंगापुरमा रहेका अर्का छोरा घनश्याम अर्यालले बुहारी सिता अर्यालले बोलाएर त्यहाँ घुम्न पुगेका थिए ।

बैश उमेरमा आफ्नै सदरमुकाम दुरदराज जस्तै ठानेका अर्याललाई अहिले बुढेशकालमा आएर अष्ट्रेलिय , सिंगापुर जस्ता विकासित मुलुकहरु पानी पँधेरो जस्तै बनेका छन् । तस्वीर ः उनै एमआरपी बनाउन तम्घासका ९० वर्षिय बृद्ध

यो पोष्ट तपाईलाई कस्तो लाग्यो कृपया पढीसकेपछि Share गर्न नभुल्नुहोस ।
Pin on PinterestPrint this page
हाम्रा हरेको प्रकाशनलाई फेसबुकमा पढ्न तथा हेर्नको लागि यहाँ लाइक गर्नुहोस।

कृपया प्रतिकृया दिनुहोस

You must be Logged in to post comment.