गुल्मी सेवा समाज कतारले बृहत बनभोज कार्यक्रम आयोजना गर्ने

Sun, Jan 15th, 2017:मा प्रकाशित

कुमार “अविरल” पन्थी, कतार माघ २ ।
“गुल्मी सेवा समाज कतारको प्रतिवद्धता, निस्वार्थ समाज सेवा आजको आवश्यकता” भन्ने मूल नाराका साथ गुल्मी सेवा समाज कतारको छैठौ नियमित मासिक बैठक शुक्रबार सम्पन्न भएको छ । बैठक सस्थाका अध्यक्ष बुद्ध पाण्डेको अध्यक्षतामा बसेको थियो । उक्त बैठकमा कार्यसमिति पदाधिकारीहरु, सल्लाहकार समिति लगायत रोजगारीको सिलसिलमा कतारमा कार्यरत गुल्मेलीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

समाजले बिगतका वर्षहरुमा आयोजना गर्दै आएको बनभोज तथा साँस्कृतिक कार्यक्रमलाई निरन्तरता दिदै यस वर्ष पनि आगामी मार्च ३ तारिखका दिन बृहत बनभोज तथा साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । शुक्रबार सम्पन्न सस्थाको छैठौ नियमित बैठकले उक्त निर्णय गरेको हो ।

कतारमा रहेका नेपालीहरु, बिशेष गरी गुल्मेलीहरुलाई उक्त कार्यक्रममा उपस्थित गराउने, कतारमा रहेका नेपालीहरु बिच भेटघाटको साथै विविध साँस्कृतिक प्रस्तुतिहरुले स्वच्छ मनोरञ्जन दिने कार्यक्रमको लक्ष्य रहेको बताइएको छ ।समाजले बिगतका वर्षहरुमा जस्तै यसवर्ष पनि उक्त कार्यक्रमलाई निरन्तरता दिएको हो ।

बैठकमा बोल्दै अध्यक्ष पाण्डेले प्रवासमा रहेका नेपालीहरुलाई स्वदेशको झल्को मेटाउने एउटा छुट्टै किसिमको कार्यक्रम आयोजना गर्दै छौ । उक्त दिनमा यहाँ स्थित सम्पूर्ण संघ सस्थाहरुलाई कार्यक्रम नजुधाई दिन समेत अनुरोध गरे । कार्यक्रमको बारेमा छिटै नै सूचना प्रकाशन गरी वृस्तित रुपमा जानकारी गराइने गुल्मी टाईम्सलाई बताए ।

उक्त कार्यक्रममा कतारमा रहेका गुल्मेली तथा गैर गुल्मेलीहरु सहभागी हुन् पाउनेछन् । रोजगारीका सिलसिलामा जन्मभूमि छोडेर कतारलाई कर्मभुमि बनाई श्रम गरिरहेका गुल्मेलीहरुलाई गुल्मी सेवा समाज सँग आवद्ध हुन आग्रह गरिएको छ ।

यो पोष्ट तपाईलाई कस्तो लाग्यो कृपया पढीसकेपछि Share गर्न नभुल्नुहोस ।
Pin on PinterestPrint this page
हाम्रा हरेको प्रकाशनलाई फेसबुकमा पढ्न तथा हेर्नको लागि यहाँ लाइक गर्नुहोस।

कृपया प्रतिकृया दिनुहोस

You must be Logged in to post comment.