दानवीर कृष्णहरी : ‘मलाइ दोसल्लाको सम्मान होइन, गरिबले उपचार पाएको देख्न मन छ’

Fri, Jan 13th, 2017:मा प्रकाशित

१ करोड ७५ लाखको लागतमा कृष्णहरी सापकोटाले बनाइदिए भवन

अनिश शर्मा गैरे, वामी गुल्मी ।।
श्री कृष्णहरी सापकोटा आँखा उपचार केन्द्र वामीको आज नवनिर्मित भवनको समुद्घाटन गरिएको छ । करोडौ रकम खर्चेर वामी ३ निवासी कृष्णहरी सापकोटाले आफैले जग्गा प्रदान गरि आफ्नै खर्चमा निर्माण गरिएको भवनको व्यानरको नेपाल नेत्रज्योति संघका केन्द्रिय अध्यक्ष प्राध्यापक डाक्टर तिर्थप्रसाद मिश्रले भव्य समारोका विच उद्घाटन गर्नुभएको हो ।

20170113_135755
उद्घाटन पछि कार्यक्रममा बोल्दै दानवीर कृष्णहरी सापकोटाले आफुलाइ दोसल्ला, फुल, माला र अविरको सम्मान नचाहिएको बताउँदै गरिब र दुखीले सेवा पाएमा मात्र आफु सन्तुष्ट हुने बताउनुभयो । आफु नेत्र ज्योती संघको केन्द्रिय समितिको बैठकमा जाँदा सहयोग गर्ने धेरै भएका र त्यसमा आफुजस्तो पारिवारिक बाताबरण नभएर सहयोग गर्ने धेरै भएको देखेका बताउँदै आफुले पारिवारिक बाताबरणमा पनि यस्तो काम गरेको बताउनुभयो । ‘आँखाका बिरामीहरुले भैरहवा गएर पाउने उपचार सेवा उही वामीमा पाए भने मात्र मेरो सम्मान हुनेछ ।’ सापकोटाले भन्नुभयो ‘गरिब र जनताको सेवाको लागि यो नासो तपाइहरुलाइ हस्तान्तरण गर्दछु ।’20170113_140007
निकै छोटो मन्तब्य राख्नुभएका उहाँले मैले नगरे कस्ले गर्ने भन्ने भावना आफुबाट पलाएको र जसले गर्दा यस्तो काम गरेको बताउनुभयो । ‘केन्द्रको नाम राख्नलाइ मैले नगद रकम सहयोग गरेको भएपनि हुन्थ्यो’ उहाँले भन्नुभयो ‘जग्गा र भवन नै सहयोग गर्ने इच्छाले यसो गरेको हुँ ।’
नाकाबन्दी लगायतका बेलामा सामानहरुको खरिद तथा ढुवानीमा निक्कै दुख पाएको र त्यही दुखबाट हरेस नखाइकन आफु लागेर मात्र यस्तो गर्न सफल भएको बताउनुभयो । भवनले मात्र राम्रो सेवा प्रदान नहुने भन्दै उहाँले यसलाइ फुलाउन सबै लाग्नुपर्ने बताउनुभयो ।

20170113_140510
त्यसैगरी कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि मिश्रले कृष्णहरी सापकोटा जस्ता मानवताबादी महामानवका कारणले नै आजसम्मको बिकास सम्भव भएको बताउनुभएको छ । 20170113_135938मानवताका खानी सापकोटाले जनतालाइ सेवा दिनको लागि निशुल्क रुपमा करोडौको जग्गा र भवन दिएर पुण्य काम गरेको हुनाले उहाँको नाम चिरस्थायी भएको बताउनुभयो । ‘सापकोटा निकै पवित्र हुनुहुन्छ’ मिश्रले भन्नुभयो ‘उहाँलाइ छुँदा पनि हामी पवित्र भइन्छ’ । साथै उहाँँले उहाँको त्यो अतुलनीय कामबाट हरेकले पाठ सिक्नुपर्ने बताुउनुभएको थियो । gg
प्रमुख अतिथिले मिश्रले जसरी नेपाल सगरमाथाको देश भनेर चिनिएको छ त्यसैगरी आँखा उपचार राम्रो हुने देश भनेर बिश्वसामु चिनिनु पर्ने बताउनुभएको छ । यस केन्द्रको सधै फलोस र फुलोस भन्ने चाहाना राख्नुभएका मिश्रले केन्द्रको लागि एक लाख रुपैया सहयोग समेत प्रदान गर्नुभएको छ । 20170113_140107
वामी ३ टार निवासी कृष्णहरी सापकोटाले आफैले जग्गा प्रदान गरि १ करोड ७५ लाख रुपैयाँ खर्चेर साढे दुई तले आँखा उपचार केन्द्रकोे भवन गुल्मीकै वामीटक्सार बजारमा बनाई दिनुभएको हो ।
दानवीर कृष्णहरी सापकोटा र उहाँका परिवारलाई आँखा अस्पताल सञ्चालक समितिले निवासमै पुगेर वाजा गाजा सहित फुलमाला अविरले स्वागत गर्दै उद्घाटन स्थल सम्म ल्याएका थिए ।20170113_140034स्थानिय कसैलाई दुख नदिई सापकोटा आफैले उक्त भवन बनाउनुभएको हो ।
सुरुमा नेत्रज्योति संघ गुल्मीले वामीटक्सार बजारमा आँखा अस्पतालको प्रस्ताव गरेपछि भवन निर्माणको लागि आफ्ना बिभिन्न क्षेत्रमा रहेका जग्गाहरु बेचेरै सापकोटाले उक्त नया काम गर्नुभएको हो ।
उद्घाटन लगत्तै सापकोटाले नेपाल नेत्रज्योति संघका जिल्ला शाखा अध्यक्ष शेरबहादुर थापालाई चाँवी हस्तान्तरण गर्नुभएको थियो । लगत्तै थापाले उक्त आँखा उपचार संचालक समितिका अध्यक्ष सुदर्शन शाक्यलाई चावी हस्तान्तरण गर्नुभयो ।
जिल्ला शाखाका सचिव अखिलेश्वरप्रसाद पाण्डेले दानवीर सापकोटा र उहाँको परिवार प्रति आभार ब्यक्त गर्नुभयो । परिवारको तर्फबाट सापकोटाकी नातिनी डाक्टर सुप्रियाले परिवार भित्र डाक्टर बनाउने हजुर बुवाको सपना आफुले पुरा गरेको बताउनुभयो ।
कार्यक्रममा नेत्र ज्योती संघका केन्द्रिय सचिब भरत चन्द, प्रवक्ता हरि प्रसाद शर्मा, सदस्य तथा पश्चिमाञ्चल क्षेत्रीय संयोजक सागर प्रताप राण, सदस्यहरु चकोरमान श्रेष्ठ, गोपाल बहादुर सिँह, नेत्रज्योती संघ जिल्ला सभापति शेर बहादुर थापा, लुम्बिनी मेडिकल कलेजका अध्यक्ष गोपाल पोख्रेल लगायतको बिशेष आतिथ्यता रहेको थियो ।
त्यस्तै त्यस्तै नेपाली कांग्रेसका जिल्ला पाटी सभापति भुवनप्रसाद श्रेष्ठ, नेकपा एमालेका सचिव सोमनाथ सापकोटा, नेकपा माओवादी केन्द्रका पोलिट्व्युरो सदस्य दिनेश पन्थी, महिला जिल्ला समन्व्यय समितिकी उपाध्यक्ष विष्णुकुमारी सापकोटा, नेपाल पत्रकार महासंघका अध्यक्ष नवराज भुसाल तथा आँखा सँग सम्बन्धित बिभिन्न क्षेत्रका ब्यक्तित्वहरु स्थानीय तथा जिल्ला तहका बिभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजिवि, शिक्षाप्रेमी, पत्रकार लागायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा भवन तथा जग्गादाता कृष्णहरी सापकोटा, प्रमुख अतिथि तिर्थ मिश्र, नेत्र ज्योती संघका केन्द्रिय प्रबक्ता हरि शर्मा, केन्द्रिय सचिब भरत चन्द, सदस्य गोपाल बहादुर सिँह, चकोरमान श्रेष्ठ, पश्चिमाञ्चल संयोजक सागर प्रताप राणा, नेत्र ज्योती संघका जिल्ला सभापति शेर बहादुर थापा लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा आँखा उपचार केन्द्रको लागि सहयोग प्रदान गर्नुहुने चन्दादातालाइ मायाको चिनो, सम्मान पत्र, टिका र मालाले सम्मान गरिएको थियो । कार्यक्रममा हजारौ दर्शकहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा आँखा उपचार केन्द्रका अध्यक्ष सुदर्शन शाक्यको अध्यक्षता, नेपाल नेत्र ज्योति संघका केन्द्रिय अध्यक्ष प्राद्यापक डाक्टर तिर्थराज मिश्रको प्रमुख आतिथ्यता, उपाध्यक्ष अग्नीधर लोहनीको स्वागत मन्तव्य तथा सचिव ढालबहादुर जिसीको सञ्चालन रहेको थियो ।

यो पोष्ट तपाईलाई कस्तो लाग्यो कृपया पढीसकेपछि Share गर्न नभुल्नुहोस ।
Pin on PinterestPrint this page
हाम्रा हरेको प्रकाशनलाई फेसबुकमा पढ्न तथा हेर्नको लागि यहाँ लाइक गर्नुहोस।

कृपया प्रतिकृया दिनुहोस

You must be Logged in to post comment.