वामी सेवा समिती,जापानको पाँचौ अधिबेशन सम्पन्न,अध्यक्षमा शर्मा चयन ।

Tue, Jan 3rd, 2017:मा प्रकाशित

गुल्मी जिल्लाको वामी गा.बि.स. बाट रोजगारी,अध्ययन,ब्यबसाय तथा अन्य शिलसीलामा जापानमा बसोबास गर्दै आएका वामेलीहरूको संस्था वामी सेवा समिती जापानको पाँचौ अधिबेशन २०१७ जनवरी १ तारीखका दिन टोक्यो ओचुका स्थीत जापोन रेस्टुरेन्टमा आयोजना गरी भब्य र सभ्य रूपमा सम्पन्न भएको छ।

FullSizeRender-03-01-17-12-07-1संस्थाका अध्यक्ष श्री टिकाराम घिमीरे ज्यूको अध्यक्षतामा राष्ट्रीय गान र दिप प्रज्वलन गरी उदघाटन भएको उक्त कार्यक्रममा प्रमुख अतिथी गुल्मेली समाज जापानका अध्यक्ष श्री शालिकराम भण्डारी, बिशेष अतिथी अष्ट्रेलिया बाट जापान भ्रमणमा आउनु भएका वामी बासी गुल्मेली समाज अष्ट्रेलियाका अध्यक्ष श्री जनकराज गौतम, पिताम्बर सापकोटा, शिवलाल सापकोटा,एन आर एन जापानका सल्लाहकार तथा संस्थाका बरिष्ठ सल्लाहकार श्री रोशन के.सी अतिथीहरूमा प्रवासी नेपाली मन्च जापानका महासचिव तथा वामी सेवा समिति जापानका निवर्तमान अध्यक्ष एवं सल्लाहकार श्री शुरेस के.सी सल्लाहकार श्री रामलाल सापकेटा ,श्री घनश्याम सापकोटा ,संस्थाका संस्थापक अध्यक्ष श्री केशव फुल्लेल अभिभावक परिषद संयोजक श्री तेजेंद्र के.सी . सदस्यहरू श्री शुक्रराज चुके ,श्री कीसन के.सी ,श्री ताराचन्द घिमिरे ,श्री रामाकान्त खराल ,श्री खिम बहादुर के.सी रहनु भएको थियो। IMG_2186-03-01-17-12-07
उदघाटन सत्र र बन्द सत्र गरी दुई चरणमा सम्पन्न भएको कार्यक्रममा उदघाटन सत्रमा अतिथीहरूको स्वागत तथा सम्मान गरीयको थियो।सम्मानित हुनुहुनेमा अष्ट्रेलिया वाट जापान भ्रमण गर्न आउनुहुने क्रमश श्री जनक राज गौतम श्री शिवलाल सापकोटा श्री पिताम्बर सापकोटा र उहाहरूकी धर्मपत्नी हरूलाई खादा र पुष्प गुच्छाले स्वागत गरिएको थियो ।IMG_2071-03-01-17-12-07 त्यसैगरी नेपाल वाट जापान भ्रमणमा आउनुभएकी वामी ३ सिउडीनी निवासी नन्दा काफ्ले ज्यू लाई खादा तथा पुष्प गुच्छाले स्वागत गरिएको थियो। IMG_2113-03-01-17-12-07त्यसैगरी वामी सेवा समिति जापानलाई स्थापना कालदेखि अनवरत रूपमा संस्थाले दिएको जिम्वेवारीलाई वहन गर्दै संस्थाको लागी अतुलनीय योगदान पूर्याउनुहुने पूर्व अध्यक्षहरू ,सल्लाहकारहरू ,अभिभावक परीषदका सदस्यहरूलाई सम्मान गरिएको थियो ।सचिव श्री गोकुल खत्रीको संचालन रहेको उक्त कार्यक्रममा उपाध्यक्ष श्री कृण्ण प्रसाद सापकोटा शर्माको स्वागत मनत्ब्य रहेको थियो । शुभकामना मन्तव्य काठमांडौ स्थित संस्थाका संवद्ध सदस्य तथा त्रिभूवन विश्वविध्यालयका केन्द्रीय अंग्रेज़ी विभाग प्रोफेसर श्री जिवलाल सापकेटा ज्यूले अनलाईन मार्फत राख्नु भएको थियो । अन्य बक्ताहरू श्री रामलाल सापकोटा, श्री सुरेश के. सी. बिशेष अतिथी श्री रोशन के.सी.श्री जनकराज गौतम प्रमुख अतिथी श्री शालिकराम भण्डारी ज्यू हरूको शुभकामना मन्तब्य रहेको थियो।IMG_2171-03-01-17-12-07कोषाध्यक्ष श्री बिण्णु प्रसाद सापकोटाले दुई बर्ष कार्यकालमा संस्थाले सामाजिक क्षेत्रमा गरेका योगदानहरू झण्डै रू ६० लाख बराबरको सहयोग बिबरण प्रस्तुत गर्नु भएको थियो भने सो कार्यक्रममा श्री शा.वि.म.मा.वि. वामी मैदान को भवन निर्माण सहयोगार्थ श्री जनक राज गौतम ज्यू वाट रू ५१००० श्री पिताम्बर सापकोटा ज्यू वाट रू ६१००० श्री शिवलाल सापकेटा ज्यू वाट रू ५१००० सहयोग घोषणा गर्नु भएको थियो।
     बन्दसत्रमा अध्यक्ष मण्डलको भुमिका श्री रोशन के.सी.को अध्यक्षतामा श्री सुरेश के.सी.श्री रामराल सापकोटा ज्यूले बहन गर्नु भएको थियो। बन्द सत्रले सचिव श्री गोकुल खत्रीले प्रस्तुत गरेको बार्षिक प्रतीबेदन, कोषाध्यक्ष श्री बिण्णु प्रसाद सापकोटा ले प्रस्तुत गरेको आर्थिक प्रतीबेदन र बिधान मस्यौदा समितीले प्रस्तुत गरेको बिधान मस्यौदा उपर छलफल गरी सर्वसम्मतीले हल बाट पारीत गर्दै आगामी दुई बर्षका लागी श्री कृण्ण प्रसाद सापकोटा शर्माको अध्यक्षता २३ सदस्यीय कार्यसमिती चयन गरेको छ। IMG_2087-03-01-17-12-07कार्यसमिति पदाधीकारी तथा सदस्यहरूमा वरिष्ठ उपाध्यक्ष श्री दिलीप थापा , उपाध्यक्ष श्री कृष्ण घिमिरे , श्री हरि खराल , सचिव श्री गोकुल खत्री , सह-सचिव श्री घनश्याम सापकेटा , कोषाध्यक्ष श्री टेक वहादुर भण्डारी सदस्यहरूमा श्री रविन कक्षपति ,श्री पुरन ज़ि.सी ,श्री लक्ष्मण सापकेटा ,श्री विक्रम के.सी श्री ईश्वरी सापकेटा ,श्री रेशम रायमाझी श्री लक्ष्मण सापकोटा ,श्री सलभसन के.सी ,श्री चेत वहादुर खत्री ,श्री तेज़ वहादुर रायमाझी ,श्री महेन्द्र सापकेटा ,श्री प्रकाश ज़ि.सी श्रीमति प्रिन्सेस खरेल श्रीमति रमा सापकोटा ,श्री होमलाल सापकोटा ,श्री विजेन्द्र जो.सी.श्रेष्ठ लाई चयन गरेको छ। त्यस्तै गरी हलले वामी सेवा समिती जापानको अष्ट्रेललिया सम्बद्व सदस्यमा श्री जनकराज गौतम र श्री लाल बहादुर के.सीज्यूलाई चयन गरेको छ।
 स्मरण रहोस उक्त कार्यक्रमको सम्पूर्ण अबधी भर प्रत्यक्ष प्रसारण फेसबुक पेजबाट गरीएको थियो।
यो पोष्ट तपाईलाई कस्तो लाग्यो कृपया पढीसकेपछि Share गर्न नभुल्नुहोस ।
Pin on PinterestPrint this page
हाम्रा हरेको प्रकाशनलाई फेसबुकमा पढ्न तथा हेर्नको लागि यहाँ लाइक गर्नुहोस।

कृपया प्रतिकृया दिनुहोस

You must be Logged in to post comment.