भोली देखि गुल्मीमा व्याडमिन्टन क्षेत्रिय प्रतियोगिता !

Wed, Dec 7th, 2016:मा प्रकाशित

प्रेम सुनार, गुल्मी ।।
गुल्मीमा व्याडमिन्टन खेलको विकास भएको झण्डै ३० वर्ष पछि पहिलो पटक क्षेत्रिय स्तरको खेल प्रतियोगिता भोली देखि हुन गई रहेको छ । पश्चिमाञ्चलको १६ जिल्लाका खेलाडीहरु गुल्मीमा जमघट हुने भएकोले यस खेल प्रतियोगितालाई निकै महत्वका साथ लिईएको छ ।
आज विहान जिल्ला खेलकुद विकास समिति र नेपाल व्याडमिन्टन संघ गुल्मीले आयोजना गरेको पत्रकार सम्मेलनमा भोली देखि मंसिर २७ गते सम्म चल्ने व्याडमिन्टन प्रतियोगिताको अन्तिम तयारी पुरा भएको जानकारी गराईएको थियो ।badminton
संघका अध्यक्ष महेश काउछाले गुल्मीमा व्याडमिन्टन खेलको विकास भएको लामो समय पछि क्षेत्रिय स्तरको खेल गुल्मीमा हुन गई रहेकोले जिल्लावासीले गर्वका साथ लिनु पर्ने बताएका थिए ।
उक्त खेलकुद प्र्र्तियोगितालाई भव्य र सभ्य रुपमा सफल पार्न समितिका अध्यक्ष कृष्णप्रसाद भण्डारीले सवै पक्ष संग अपिल गरेका थिए । यस महत्वपुर्ण अवसरमा गरिएको गुल्मी बन्दलाई खेल अवधी सम्म केहि खुकुलो पार्न व्याडमिन्टन संघका सल्लाहकार वालसिंह काउछाले संयुक्त आन्दोलन परिचालन समिति संघ छलफल गर्ने बताएका छन् ।
भोली विहान पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष खगराज पौड्यालले एक समारोहका विच व्याडमिन्टन खेल प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएका छन् । उक्त खेल जिल्ला खेलकुद विकास समितिको कभर्डहलमा हुने भएको छ ।

यो पोष्ट तपाईलाई कस्तो लाग्यो कृपया पढीसकेपछि Share गर्न नभुल्नुहोस ।
Pin on PinterestPrint this page
हाम्रा हरेको प्रकाशनलाई फेसबुकमा पढ्न तथा हेर्नको लागि यहाँ लाइक गर्नुहोस।

कृपया प्रतिकृया दिनुहोस

You must be Logged in to post comment.