राष्ट्रिय तेक्वान्दो आईटिएफ च्याम्पियनशिप आज !

Sat, Dec 3rd, 2016:मा प्रकाशित

कृष्ण कँडेल, बागलुङ मंसिर १८
बागलुङको बुर्तिबाङमा आज चौथो राष्ट्रिय प्रोफेसनल तेक्वान्दो आईटिएफ च्याम्पियनशिप २०१६ हुँदैछ ।
नेपाल आइटिएफ ब्ल्याकबेल्ट कमिटिको आयोजना र बागलुङ आइटिएफ तेक्वान्दो संघलको सहआयोजनामा आठ ओटा राष्ट्रिय टिम सहभागी हुने प्रतियोगिताको परराष्ट्रमन्त्री डाक्टर प्रकाशसरण महतले उद्घाटन गर्ने कार्यक्रम छ । do-bock-itf-master-instructeur-polyester-coton
च्यम्पियनशिपमा ५ विकास क्षेत्र, आयोजक र दुइ बिभागिय टोली नेपाली सेना र नेपाल सशष्त्र प्रहरी भिडदै छन् । प्रतियोगिताका लागि आर्थिक ब्यबस्थापन, खेलमैदानको ब्यवस्थान, प्रचार प्रसार, रेफ्रि आम्पाएर ब्यवस्थान जस्ता तयारी पुरा भएको प्रतियोगिता संयोजक तथा नेपाल आईटिएफ राष्ट्रिय ब्ल्याकबेल्ट कमिटिका केन्द्रिय अध्यक्ष घमबहादुर थापाले जानकारी दिए । उनले खेलमा सहभागी सम्पुर्ण टिमका खेलाडी तथा रेफ्र र आम्पाएर पनि बुर्तिबाङ आईपुगेको बताए । यो खेललाइ बुर्तिवाङमै गरेर पर्यटन विकास, ग्रामीण क्षेत्रसम्म खेलको विकासका लागि पहल हुन सकोस भन्ने उद्धेश्य राखिएको आयोजकले जनाएको छ । प्रथम हुने खेलाडीलाइ ६ सय डलर, द्वितिय हुनेलाइ ३ सय डलर र तृतिय हुनेलाइ २ सय डलर पुरस्कार प्रदान गरिने छ । कार्यक्रमका लागि अन्तराष्ट्रिय तेक्वान्दो महासंघका पदाधिकारी पनि आउने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिता सम्पन्न गर्न ८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रत्येक टिमबाट ३ जनाका दरले २४ जना देशभर ख्याती कमाएका खेलाडीले भाग लिने संयोजक थापाले जानकारी दिनुभयो ।

विशेषगरी यो खेलका लागि ब्ल्याक बेल्ट पाएर विगतमा राष्ट्रिय प्रतियोगिता खेलेको हुनुपर्ने छ । ५७ केजी देखि ६४ केजी बिचका खेलाडी बिच मात्र प्रतियोगिता गरिने प्रावधान छ । स्थानिय सरोकारवालाले बुर्तिबाङ जस्तो ठाउँमा यस्ता राष्ट्रिय स्तरका खेल कहिल्यै नभएको भन्दै विशेष पर्बको रुपमा प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
गाविस स्तरिय खेलकुद विकास समिति बुर्तिबाङका अध्यक्ष सोमबहादुर पौवि यामुले प्रतियोगिताका लागि सवै प्रकारका सहयोग हुने बताए । प्रतियोगिता बुर्तिबाज बजारमा रहेको बुर्तिबाङ बसपार्कमा हुने छ । यसैविच स्थानिय स्तरमा विरल्लै हुने चौथो राष्ट्रिय तेक्वान्दो च्याम्पियनशिप प्रतियोगिताको लाई सम्पन्न गर्न शुक्रवार आयोजकले बुर्तिबाङका राजनितिक दलसँग छलफल गरेको छ । स्थानिय युवा व्यवसायी दिपेन्द्र श्रेष्ठको संयोजनमा भएको कार्यक्रममा भोली हुने प्रतियोगिता सम्पन्न गर्न आफ्नो ठाउँबाट सवै प्रकारको सहयोग गर्ने दलका प्रतिनिधिले प्रतिवद्धता व्यक्त गरेका छन् । स्थानिय राजनितिक दल र सरोकारवालाले परराष्ट्रमन्त्री प्रकाशसरण महतलाई ज्ञापन पत्र बुझाउने निर्णय गरेका छन् । बुर्तिबाङ केन्द्र रहने गरि प्रश्ताव गरिएको ढोरपाटन नगरपालिका बनाउनको लागि पहल गरिदिन माग गर्दै ज्ञापनपत्र बुझाईने नेपाली काँग्रेशका महाधिवेशन प्रतिनिधि धिरप्रतापसिंहले जानकारी दिए ।
गत साउनमा आएको बाढी पहिरोबाट प्रभावित बनेका नागरिकलाई पुनस्र्थापना र क्षेत्री भएका भौतिक संरचानाको पुननिर्माणका लागि पनि ध्यानाकर्षण गराउने दलहरुको निर्णय छ । बाढि पहिरोपछि बुर्तिबाङ बजार उच्च जोखिमामा रहेको भन्दै बजार क्षेत्रको कबर्डहल देखि न्युमोर्डन एकेडेमिसम्म तटबन्धन गर्नका लागि पहल गरिदिन परराष्ट्रमन्त्रीलाई आग्रह गरिने भएको छ । कार्यक्रममा प्रतियोगिता संयोजक घमबहादुर थापाले भोली हुने चौथो राष्ट्रिय तेक्वान्दो च्याम्पियनशिप प्रतियोगिताको बारेमा दलका प्रतिनिधिलाई जानकारी गराउँदै सहयोग गर्न अपिल गरेका थिए ।

यो पोष्ट तपाईलाई कस्तो लाग्यो कृपया पढीसकेपछि Share गर्न नभुल्नुहोस ।
Pin on PinterestPrint this page
हाम्रा हरेको प्रकाशनलाई फेसबुकमा पढ्न तथा हेर्नको लागि यहाँ लाइक गर्नुहोस।

कृपया प्रतिकृया दिनुहोस

You must be Logged in to post comment.