तेक्वान्दो प्रतियोगिताको उद्घाटन परराष्ट्रमन्त्री डा. प्रकाश शरण महतले गर्नुहुने !

Wed, Nov 30th, 2016:मा प्रकाशित

बिमल खड्का बाग्लुङ मङसिर १५
बागलुङको बुर्तिवाङमा प्रोफेसनल आइटिएफ राष्ट्रियस्तरको चौथो तेक्वाण्दो प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा सरकारका परराष्ट्र मन्त्री डा.प्रकाश शरण महतले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । नेपाल आइटिएफ राष्ट्रिय ब्ल्याक वेल्ट कमिटिको आयोजना र बागलुङ जिल्ला आइटिएफ तेक्वाण्दो संघको सह आयोजनामा मङसिर १८ गते राष्ट्रिय प्रोफेशनल आइटिएफ तेक्वाण्दो प्रतियोगिता हुने भएको हो ।
1291बिशेष गरेर बुर्तिबाङ क्षेत्रमा तेक्वान्दोको थप बिकास , बिस्तार र संरक्षण साथै नेपालकै एक मात्र ढोरपाटन शिकार आरक्षको पर्यटन बिकासका लागी यस क्षेत्रमा यस्तो प्रकारको खेल आयोजना गरेको कार्यक्रम संयोजक घम बहादुर थापाले बताउनुभएको छ ।
आयोजित प्रतियोगितामा ५ विकास क्षेत्रका खेलाडी , आयोजक, एपीएफ क्लव र नेपाल आर्मीको गरि ८ टिमका ८ जना एउटै तौल समुहका खेलाडीको सहभागीता रहने बागलुङ आइटिएफका अध्यक्ष सस्बहादुर पुनले बताउनुभयो ।
प्रतियोगितामा प्रथम हुनेलाई ६ सय, द्धितीय हुनेलाई ३ सय र तृतीय हुनेलाई २ सय अमेरीकी डलर, ट्रफि ,सिल्भरमेडल र प्रमाण पत्र प्रदान गरिने आइटिएफका केन्द्रिय सचिव राजु खड्काले जानकारी दिनुभएको छ ।
प्रतियोगितामा भाग लिने खेलाडी न्यूनतम बल्याक वेल्ट हुनुपर्ने र राष्ट्रिय खेलमा भागलिएको हुनुपर्ने बताएको छ । प्रतियोगितामा तौल समुह ५७ देखि ६३ केजीका खेलाडीहरुले भाग लिन पाउने बताईएको छ । यहि मङिसर १८ गते हुने प्रोफेसनल आइटिएफ राष्ट्रियस्तरको तेक्वाण्दो प्रतियोगितामा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सांसद बहादुर सिंह लामा र बाग्लुङ क्षेत्र नम्बर ३ की सांसद ज्ञानकुमारी छन्त्यालको बिशिष्ठ आथित्याता रहने आयोजकले जनाएको छ ।

यो पोष्ट तपाईलाई कस्तो लाग्यो कृपया पढीसकेपछि Share गर्न नभुल्नुहोस ।
Pin on PinterestPrint this page
हाम्रा हरेको प्रकाशनलाई फेसबुकमा पढ्न तथा हेर्नको लागि यहाँ लाइक गर्नुहोस।

कृपया प्रतिकृया दिनुहोस

You must be Logged in to post comment.