बाग्लुङ्को ग्वालीचौरमा सञ्चालित एम्बुलेन्स अभियानमा १५ लाख संकलन !

Wed, Nov 30th, 2016:मा प्रकाशित

अनिश शर्मा गैरे, प्रकाश घिमिरे, वामी गुल्मी 
समाज सेवा नै मानव धर्म हो भन्ने मुल नाराका साथ बाग्लुङ्को ग्वालीचौरमा शुरु भएको एम्बुलेन्स अभियानमा करिब १५ लाख रकम संकलन भएको छ ।
ग्वालीचौर समाज कल्याण केन्द्रको अभियानमा बिभिन्न ब्यक्तिहरुले समर्थन गर्दै १५ लाख आर्थिक जुटेको हो ।
आफ्नो गाँउ ठाउको बिकासको लागि आफै लाग्नुपर्दछ भन्ने मु मान्यता राख्दै उनीहरु यस अभियान शुरु गरेका हुन । बर्सेनी एम्बुलेन्स नभएकै कारण ज्यान गुमाउन बाधय स्थानीयहरुको समस्यालाई मध्यनजर गर्दे यस्तो अभियान शुरु गरिएको केन्द्रका अध्यक्ष रामशरण घिमिरेले जानकारी दिनुभयो ।ambulance2
अभियानको लागि मुख्य रुपमा आर्थिक आबश्यक पर्ने र आर्थिक संकलन अभियान भब्य रुपमा सञ्चालन गरिएको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । समाजले अहिले आफ्नै नेतृत्वमा सहयोग संकलन कार्य अगाडी बढाउने र बिदेशमा साथीभाइ तथा केन्द्रमा आबद्ध ब्यक्तिहरुलाई जिम्मेवारी प्रदान गरिएको क्लबका संयोजक प्रदिप खरेलले जानकारी दिनुभयो ।
केन्द्रले सम्पुर्णहरुहरुमा सहयोग गर्न आग्रह समेत गरेको छ ।
उहँँका अनुसार देश तथा बिदेशमा आर्थिक संकलन गर्नको लागि बिभिन्न ब्यक्तिहरुलाई नृतत्व प्रदान गरिएको छ ।
यस ग्वलिचौर समाज कल्याण केन्द्र ग्वालिचौर ३ बाग्लुङले स्थानिय कला संस्कृतिको संरक्षण र संम्वर्धन, गरिब पिछडिएका वर्गको उत्थान जस्ता समाजसेवामुलक कार्यक्रम गर्दै आएको छ ।
यसैबिच नेपाल भुपु सैनिक कल्याणकारी संघ ग्वालीचौर उक्त अभियानलाइ असहयोग गरेको केन्द्रका संयोजक प्रदिप खरेलले बताउनुभयो । उक्त संघले पहिला सहयोग गर्ने भन्दै आश्वासन दिएको तर हाल सहयोग नगर्ने निर्णय गरेको उहाँको भनाइ छ । साथै उक्त निर्णयले आफ्नो अभियानलाइ कुनै असर नगर्ने उहाँको भनाइ छ ।

यो पोष्ट तपाईलाई कस्तो लाग्यो कृपया पढीसकेपछि Share गर्न नभुल्नुहोस ।
Pin on PinterestPrint this page
हाम्रा हरेको प्रकाशनलाई फेसबुकमा पढ्न तथा हेर्नको लागि यहाँ लाइक गर्नुहोस।

कृपया प्रतिकृया दिनुहोस

You must be Logged in to post comment.