बसन्त सर, यो के भयो ? यो कस्तो नियती ??

Thu, Nov 24th, 2016:मा प्रकाशित

अनिश शर्मा गैरे, वामी गुल्मी ।।

कवि शिरोमणी लेखनाथ पौड्याल भन्छन ।
भाका, भूल, दया, क्षमा र ममता, सन्तोष जान्दैन त्यो,
इन्द्रै बिन्ति गरुन् झुकेर पदमा त्यो बिन्ति मान्दैन त्यो,
राजा रङ्क सबै समान उसका वैषम्य गर्दैन त्यो,
आयो टप्प टिप्यो, लग्यो, मिति पुग्यो टारेर र्टर्दैन त्यो !
हो साच्चै कस्ले पो टार्न सक्छ र यो नियतीलाइ । कति निठुर शब्द छ यो मृत्यु भन्ने ।
हो
यही निठुर शब्दले निथुराएिको दधारिएको मेरो मन । यिनै शब्द जालमा पिल्सीरहेछ । आकाशमा रहिरहने ति अजीव तत्वहरु हुन या धरातलमा रहेका सजीव तत्वहरु, यही नियतीलाइ नियालीरहेका छन ।

15181223_1200941653333190_7161437222760782118_nसत्तरी साल एक दिन, अव म स्व. बसन्त कार्कीको निवास वामी बसपार्कमा पुगेको थिएँ, सधै बाहिर मात्र उहाँँको नाम सुनेको मान्छे म त्याहा उहाँलाइ देख्न पाउँदा साच्चै निकै हर्षित थिए, त्यति मात्रामा थिए, जुन आज म दुखी छु । बसन्त सर मलाइ तपाइको पसलको बिज्ञापन दिनुहोस, यही शब्द मेरो भोकल कर्डले फुत्काएथ्यो, तब उहाँले भन्नुभयो ठिक छ मिलाएर बजाउ ।
हसिलो मुहार गतिलो कद, ब्यक्त गर्न नसकिने आभासहरु, यिनै यादहरुमा मात्र सिमीत छन ।
कति पटक म उहाँँ सँग भेट हुँदा, निकै प्रभावित भएको छु, एक ब्यक्ति अनेकौ संस्थाहरुमा आबद्ध हुँदै वामी लगायत यस क्षेत्रलाइ सुसुज्जित बनाउनुभएका बसन्त सर आज हामीलाइ यत्तिकै रुहाएर जानुभयो, रहरले त कहाँ हो र नत बाध्यता नै । यो कस्तो रहर अनि कस्तो बाध्यता, जे गरेपनि सहनुपर्ने ।

यो ध्रुव सत्यकुरा नै हो की जिन्दगीको पानाहरु पल्टिदै जादा हरेक सुन्न र देख्न पाइन्छन् तर कतिपय कुराहरु अपेक्षा भन्दा धेरै टाढाको हुन जान्छ त्यो बेला मरे जस्तै हुन बाध्य हुन्छु म ।
सम्झन्छु कहिले काही यो जीवन भन्ने चोलो पनि कसैको लागी कति लामो अनि कसैको लागी कति छोटो भएर आउछ यो किन यस्तो भएको होला ? जे होस कतिपय कुरा नसोचेकै भए पनि राम्रो हुन्छन भने कतिपय कुराहरु हृदय बिदारक नै । यही हृदय बिदारक कुरा आज म भोग्दैछु ।

बुधबार दिउँसो ४ बजेको आसपासको कुरा हो, बुटवलबाट स्व. बसन्त कार्की, महेन्द्र आदर्श उमाबि वामीका प्राचार्य भिमलाल सापकोटा सर अनि अन्य गरी ११ जना सवार गाडीले बाटो छोड्यो । हाम्रो धैर्यताले ठाँउ छोड्यो, सहनशीलताले धर्ती छोड्यो, अनि भताभुँग भयो सारा चिज ।
बसन्त सरले केही बेरमै आफुलाइ अलग गराउनुभयो, यानकी उसैले हामीबाट जवरजस्तो खोस्यो, नियम कानुन मिचेर नै ।
अनि हाम्रो गुरु भिमलाल सर लाइ गम्भिर बनायो, अहिले केही सुधार आएको कुरा जानकारीमा आएको छ ।
जव, उहाँले हामीबाट बिदा लिनुभयो, सबैको बिचल्ली भयो, मुटुले काम गर्न छोड्यो, अनि उहाँको त्यो मृत शरीर वामी ल्याइयो, उहाँको आफ्नो निवासमा ।
उपस्थित झण्डै हजार बढी स्थानीयहरुका आँखाहरुमा बलिन्द्र धारा बगे, आँखा भन्दा बढी मनमा बलिन्द्र धारा बगे । सम्हाल्न गाह्रो भयो मन, रोए कराए । म पनि रोए, आखिरी पिडा भुलाउने एक मात्रै माध्यम रुनु नै रहेछ ।
सबैको मनमा त्यही भुकम्प आएको थियो, दश रेक्टरको ।
भुकम्पले पृथ्वी हल्लाउँछ, धर्ती डगमगाउँछ, तर त्याहा त्यस्तो भुकम्प जसले शारा शरीर हल्लायो, मुटुले धर्ती छोड्यो, सयौ मानव मनहरु शोकाकुल भए ।
सबैले श्रद्धाञ्जली दिए, रोए कराए ।

आज म प्रश्न गरीरहेछ बसन्त सर, यो कस्तो नियती ? यो कस्तो भाग्य ? यो कस्तो कानुन ? यो कस्तो जीवन ? अनि यो कस्तो अस्तित्व विहिन संसार, कुनै कुराको पनि भर नभएको ।
मेरो यही निरुत्तरीत प्रश्नको जवाफ शायद तपाइ पनि दिन सक्नुहुन्न, शायद म तपाइ माथी प्रश्न मात्र बर्साइरहेछु, जसरी अहिले बर्षाइरहेको छु, लाग्छ तपाइ जिवीत हुँदा पनि प्रश्न मात्रै बर्षाए, अनि अहिले तपाइ नरहदा पनि बर्षाइरहेछु । जे होस मेरो निरुत्तरीत प्रश्नको जवाफ दिन को सक्ला र ? तर म आफै चित्त बुझाउने छु, अनि अरुलाइ पनि चित्त बुझाउन भन्ने छु । साथमा तपाइलाइ पनि भनिरहेछु ।

अन्त्यमा, जीवनको कुनै भर रहेनछ, यस्तो भर विनाको जीवनको के अस्तित्व, के माया ? के सम्मान ? आखिर हार नै त रहेछ जिन्दगी, कस्ले जितेको छ जिन्दगी ?
त्यही हार आज तपाइले बेहोर्नु पर्याे, मैले बेहोर्नु पर्याे ।


तपाइ सधै सधै सुखी रहनुहोला, यही हो मेरो कामना, तपाइको आत्माले शान्ति पाओस ।।

यो पोष्ट तपाईलाई कस्तो लाग्यो कृपया पढीसकेपछि Share गर्न नभुल्नुहोस ।
Pin on PinterestPrint this page
हाम्रा हरेको प्रकाशनलाई फेसबुकमा पढ्न तथा हेर्नको लागि यहाँ लाइक गर्नुहोस।

कृपया प्रतिकृया दिनुहोस

You must be Logged in to post comment.