गुल्मीमा २७ जना बालबालिकामा एच आइ भि एड्स !

Wed, Nov 16th, 2016:मा प्रकाशित

हुमाकान्त पोखरेल, गुल्मी
मंङ्सिर १ गते ।
बालबालिकाको अवस्था र सञ्चालित कार्यक्रमसम्बन्धि अन्तरक्रिया तथा जानकारी आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम महिला तथा बालबालिका कार्यलय गुल्मीको आयोजनामा सम्पन्न भएको हो । समाजमा विद्यमान बालबिवाह, बालबालिकाको बेचविखन तथा ओसारपसार, बाल यौन दुब्र्यवहार, बाल श्रम शोषण, बाल हिंसा तथा शारीरिक र मानसिक दण्ड, सजाय तथ बालबालिकामा देखापर्ने विभिन्न रोगहरुको रोकथाम गर्ने उदेश्यले सो कार्यक्रमको आयोजना गरिएको हो ।

HIV-AIDSकार्यक्रममा गुल्मी जिल्लामा बालबालिकाको पक्षमा भए गरेका काम, उनिहरुको शिक्षा, स्वाथ्य स्थिति तथ विविध विषयवस्तुको बारेमा छलफल तथा अन्तरक्रिया गरिएको थियो । त्यसैगरि सहायक जिल्ला शिक्षा अधिकारी रामप्रसाद पाण्डेले जिल्लाको शैक्षिक स्थिति तथा बरिष्ठ जनस्वास्थ्य कार्यलयका प्रमुख राम्जि बानिँया ले जिल्लामा भएका स्वाथ्यसम्बन्धि कार्यहरुको बारेमा जानकारी गराउनुभएको थियो । त्यस्तै महिला तथा बालबालिका कार्यलयकी प्रमुख प्रतिभा पन्थीले जिल्लामा कूल २७ जना बालबालिकामा एच आई भि एड्स लागेको र तिमध्ये १० जना बालक र १७ जना बालिका रहेको जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा स्थानिय विकास अधिकारी डिलाराम पन्थी, प्रमुख जिल्ला अधिकारी उदय बहादुर राना मगर, जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघ सस्थाँका प्रतिनिधि, पत्रकार, सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम जिल्ला प्रशासन कार्यलयका निमित्त प्रमुख जिल्ला अधिकारी भक्तिराम मरासिनीको अध्यक्षता, बाल कल्याण समितिका केन्द्रिय अध्यक्ष डिल्लिराज गिरीको प्रमुख आतिथ्यता तथा महिला तथा बालबालिका कार्यलय गुल्मीकी प्रमुख पन्थीको सहनिकरणमा सम्पन्न भएको थियो ।

यो पोष्ट तपाईलाई कस्तो लाग्यो कृपया पढीसकेपछि Share गर्न नभुल्नुहोस ।
Pin on PinterestPrint this page
हाम्रा हरेको प्रकाशनलाई फेसबुकमा पढ्न तथा हेर्नको लागि यहाँ लाइक गर्नुहोस।

कृपया प्रतिकृया दिनुहोस

You must be Logged in to post comment.