नेपालले रच्यो इतिहास : सोलिडारिटी कपको उपाधि हातमा !

Tue, Nov 15th, 2016:मा प्रकाशित

नेपालले एएफसी सोलिडारिटी कप फुटबलको उपाधि जितेको छ । मलेसियामा मंगलबार भएको फाइनलमा मकाउलाई १ – ० ले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।

नेपालले सोलिडारिटी कपको पहिलो संस्करणको उपाधि जितेको हो । नेपाललाई एसियाली फुटबल महासंघ (एएफसी) ले पहिलो पटक आयोजना गरेको प्रतियोगिताको उपाधि दिलाउन सुजल श्रेष्ठले निर्णायक गोल गरे । सोलिडारिटी कपको उपाधिसँगै नेपालले एएफसीले आयोजना गर्ने पहिलो प्रतियोगिता जित्न सफल भयो । यसअघि नेपालले एएफसीले आयोजना गर्ने प्रतियोगिता जितेको थिएन ।Nepal-3

मलेसियाको कुचिङस्थित सारावाक रंगशालामा भएको फाइनलमा नेपालले आफु भन्दा तल्लो बरियताको मकाउमाथि सहज जित निकाल्यो । फिफा वरीयतामा १ सय ९६ औं स्थानमा रहेको मकाउबिरुद्ध १ सय ८६ औं स्थानको नेपालले सुरुवातबाटै आक्रामक खेल खेलेको थियो । तर, नेपालले पहिलो हाफको ३० औँ मिनेटमा सुजल श्रेष्ठको गोलबाट सुरुवाती अग्रता लिएको थियो । भरत खवासले उपलब्ध गराएको क्रसमा सुजलले सुन्दर हेड गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । त्यसअघि भरतले सेकेन्ड बार च्याप्दै प्रहार गरेको बल गोल पोस्ट नजिकैबाट बाहिरिएको थियो । दोस्रो हाफमा दुवै टोलीबाट गोल हुन् सकेन र सुजलको गोलले नेपाललाई उपाधि दिलाउन प्रयाप्त भयो ।
सोलिडारिटी कप जितेसंगै नेपाली टोलीले उपाधिमा पनि ह्याट्रिक गरेको छ |

योसंगै नेपालले मकाउलाई चौथो पटक पराजित गर्न सफल भएको छ । यसअघिको पाच भेटमा नेपालले तिन पटक जित निकालेको थियो भने मकाउले एक खेलमा जित हासिल गरेको थियो । दुई टोलीबीच एक खेल भने बराबरीमा सकिएको थियो ।

प्रतियोगितामा समुह ए मा रहेको नेपाल अपराजित रहदै फाइनलमा पुगेको थियो । ७ टोलीको सहभागिता रहेको प्रतियोगितामा मकाउले पनि अपराजित रहँदै फाइनल नेपालसंगको भेट पक्का गरेको थियो । नेपालले पहिलो सेमिफाइनलमा लाओसलाई ट्राइबेकरमा ३–० ले हराएको थियो भने मकाउले ब्रुनाईलाई ट्राइबेकरमै ४–३ ले पराजित गरेको थियो ।

From 12khari

यो पोष्ट तपाईलाई कस्तो लाग्यो कृपया पढीसकेपछि Share गर्न नभुल्नुहोस ।
Pin on PinterestPrint this page
हाम्रा हरेको प्रकाशनलाई फेसबुकमा पढ्न तथा हेर्नको लागि यहाँ लाइक गर्नुहोस।

कृपया प्रतिकृया दिनुहोस

You must be Logged in to post comment.