उपाधिका लागि नेपालले आज मकाउसँग खेल्ने !

Tue, Nov 15th, 2016:मा प्रकाशित

मलेसियामा जारी एएफसी सोलिडारिटी कप फुटबलको उपाधिका लागि नेपालले आज मकाउसँग खेल्ने भएको छ । खेल नेपाली समयअनुसार बेलुकी सवा ५ बजे कुचिङको सरावाक मैदानमा हुँदैछ ।
मलेसियामा भएको सेमिफाइनलअन्तर्गत पेनाल्टी सुटआउटमा गोलरक्षक किरण चेम्जोङ नायक बनेपछि नेपाल एएफसी सोलीडारिटी कपको फाइनलमा प्रवेश गरेको थियो । photo-
मकाउले पनि पेनाल्टी सुटआउटमा ब्रुनाइलाई ४–३ ले पराजित गर्दै फाइनल यात्रा सुरक्षित गरेको थियो । एएफसीको कुनै पनि प्रतियोगितामा पहिलोपटक फाइनलमा पुगेको नेपाललाई उपाधि जित्दै इतिहास बनाउने अवसर छ ।
नेपाल र मकाउले अहिलेसम्म आपसमा ५ खेल खेलेका छन् । जसमा नेपालले ३ खेलमा जित हासिल गर्दा एक खेलमा बराबरी गरेको छ भने एक खेलमा हार व्यहोरेको छ । नेपालले १५ गोल गर्दा ७ गोलमात्र खाएको छ ।
समूह चरणमा नेपालले बरुनाईलाई ३–० ले हराउँदा टिमोर लेस्टेसँग गोलरहित बराबरी खेलेको थियो ।
यता, लाओसले तेस्रो स्थान हासिल गरेको छ । तेस्रो स्थानका लागि सोमबार भएको भिडन्तमा लाओसले ब्रुनाईलाई ३–२ ले पराजित गरेको हो

यो पोष्ट तपाईलाई कस्तो लाग्यो कृपया पढीसकेपछि Share गर्न नभुल्नुहोस ।
Pin on PinterestPrint this page
हाम्रा हरेको प्रकाशनलाई फेसबुकमा पढ्न तथा हेर्नको लागि यहाँ लाइक गर्नुहोस।

कृपया प्रतिकृया दिनुहोस

You must be Logged in to post comment.