कतारमा अलपत्र परेका दश नेपाली मध्येका २ स्वदेश फर्किए !

Tue, Nov 15th, 2016:मा प्रकाशित

कुमार “अविरल” पन्थी, कतार ।
कतारमा करिव दुई महिना देखि अलपत्र परेका दश नेपाली मध्ये दुइ जना गत सोमबार स्वदेश फर्किएका छन । गुल्मी सेवा समाज कतारको पहल, नेपाली राजदूतावास कतारको विशेष सहयोग तथा झविन्द्र आचार्यको निरन्तर प्रयासमा तिलक भुजेल र अम्बर थेगिंग नेपाल फर्किन पाएका हुन ।

qatar-ma-nepali-piditबिगत २ महिना देखि कम्पनि मालिक फरार भएपछि मोरंगका तिलक भुजेल, अम्बर थेगिंग, सुनसरीका अजय चौधरी, झापाका दिपेन ताजपुरिया, धनकुटाका रत्न भुजेल, नवलपरासीका भगवान गुप्ता, बिनोद चमार, रुपन्देहीका ओम प्रकाश पासी, र गुल्मीका गंगा बहादुर थापा र बिर बहादुर बि.क. अलपत्र परेका थिए ।

जस मध्ये तिलक भुजेल र अम्बर थेगिंग नेपाल फर्किएका छन । बाकि रहेका ८ जना नेपालीलाई एक हप्ता भित्रमा नेपाल फर्काउन पहल भइरहेको आचार्यले जानकारी दिए । आचार्य भन्छन, नेपाली दूतावास कतार र हाम्रो पहल जारी छ कम्पनि मालिकलाई दूतावास र हामीले पटक पटक सम्पर्क गरिरहेका छौ, उसले विभिन्न बहाना बनाएर उम्किन खोजिरहेको देखिन्छ । तर हामीले कुनै पनि हालतमा उम्कन नदिई पीडितले पाउन पर्ने न्याय र अधिकार दिलाएर कानुनी प्रकृया मिल्ना साथ बाकी रहेका सबै नेपालीलाई स्वदेश फर्काउने छौ ।

यदि अल वाजिर कम्पनीका मालिक र मेनपावर कम्पनीले टिकट उपलब्ध नगराए पनि ३/४ दिन भित्रमा आफुले नै सबै ब्यबस्था मिलाएर पिडितलाई स्वदेश पठाउने आचार्यले दाबी समेत गरेका छन ।

अल वाजिर कम्पनीका मालिक (मोबाइल नम्बर ५५४६९६९२) कामदारलाई बिचल्ली बनाएर करिब २ महिना देखि सम्पर्क बिहिन रहेको भनि विभिन्न मिडियामा समाचार प्रकाशित भएपछी कम्पनि मालिक सम्पर्कमा आएर ५ जनालाई १ हजार रियालका दरले ५ हजार कतारी रियाल उपलब्ध गराएको थिए । बाकि पाच जनालाई केहि दिन भित्र बाकि रहेको रकम उपलब्ध गराउने बताए पनि अहिले कम्पनि मालिक पुनः सम्पर्क बिहिन बनेका छन ।

काठमाडौंको बसुन्धरा स्थित ग्लोबल डाइनामिक मेनपावरबाट पाच जना एक बर्ष अघि र पाच जना छ महिना अघि मासिक १००० रं २०० तलबमा कतार आएका थिए । कम्पनी र मेनपावर बीच समन्वय गर्ने दिपु भन्ने (मोबाइल नम्बर ७०४४३७४७) जसले उक्त कम्पनीमा काममा लगाएका थिए र अहिले दिपु पनि सम्पर्क बाहिर छ पिडितहरु बताउछन ।

कम्पनिले बिचल्ली बनाएर अलपत्र परेका पिडितहरुलाई  खाना  समस्या परेपछि निरन्तर रुपमा गुल्मी सेवा समाज कतारले खाद्यान्न सहयोग गर्दै आइरहेको छ । कतारमा स्थापित अन्य सामाजिक सस्थाले पनि उनीहरुलाई राहत उपलब्ध गराएको  पिडितहरुले बताएका छन ।

नेपाली फर्किएका तिलक भुजेल र अम्बर थेगिंगले गुल्मी सेवा समाज, नेपाली राजदुतावास कतार, झविन्द्र आचार्यलाई बिशेष धन्यवाद प्रकट गरे। साथै उनीहरुलाई सहयोग पुराउने यहाका बिभिन्न सामाजिक सस्थाहरु प्रति पनि आभारी रहेको बताउदै बाकि रहेका ८ जनालाई छिटै नेपाल पठाई दिन समेत आग्रह गरेका छन ।

यो पोष्ट तपाईलाई कस्तो लाग्यो कृपया पढीसकेपछि Share गर्न नभुल्नुहोस ।
Pin on PinterestPrint this page
हाम्रा हरेको प्रकाशनलाई फेसबुकमा पढ्न तथा हेर्नको लागि यहाँ लाइक गर्नुहोस।

कृपया प्रतिकृया दिनुहोस

You must be Logged in to post comment.