प्यूठान सेवा समाज कतारद्वारा गायिका सृष्टि पुन सम्मानित !

Tue, Nov 15th, 2016:मा प्रकाशित

कुमार “अविरल” पन्थी, कतार ।
नेपाल मगर संघ कतार शाखाले आयोजना गरेको कार्यक्रममा कतार आएकि गायिका सृष्टि पुन मगरलाई प्यूठान सेवा समाज दोहा कतारले गत शनिबार सम्मान गरेको छ । मगरलाई प्यूठान सेवा समाज कतारले एक कार्यक्रमको आयोजना गरी प्रसंशा पत्र तथा खादा ओढाएर सम्मान गरेको हो ।

15033985_1180167658732111_1355580831_oसमाजका वरिष्ठ उपाध्यक्ष बलदेव रानको संचालन रहेको सम्मान कार्यक्रममा प्यूठान सेवा समाज दोहा कतारका संरक्षक लिला जि सी, रोल्पा जलजला सेवा समाज कतारका अध्यक्ष बसन्त थापा, कतारमा स्थापित चर्चित गायक बलबिक्रम थापा, नेपाल मगर संघ कतारकि ईश्वरा थापा मगर लगायत अन्य अतिथिहरुको उपस्थिति रहेको थियो।

15053398_1180167512065459_300074588_oकार्यक्रममा बोल्दै वक्ताहरुले बाग्लुङ्ग जिल्लामा जन्मिएर सानै उमेर देखि संगितमा रुचि राख्दै कलाकारिताको क्षेत्रमा सफल लोकदोहोरी गायिकाको रुपमा स्थापित बनाउन सफल गायिका सृष्टि पुन मगरलाई सांगीतिक यात्रा सफलताको शुभकामना दिएका थिए।

कार्यक्रममा बोल्दै गायिका मगरले प्युठान सेवा समाज कतारबाट सम्मानित हुन् पाउदा आफु निकै नै भाग्यमानी तथा खुसि भएको बताउँदै समाजलाई धन्यवाद एवम आभार ब्यक्त गरेकी थिईन । समाजले कतारमा आयोजना हुने कार्यक्रमहरुमा बिभिन्न देश तथा नेपालबाट आउने कलाकारहरुलाई सम्मान गर्दै आईरहेको छ । प्युठान सेवा समाज कतारले प्रवासमा तथा स्वदेशमा बिभिन्न सामाजिक कार्यहरुमा सहयोग पुराउदै आइरहेको छ।

यो पोष्ट तपाईलाई कस्तो लाग्यो कृपया पढीसकेपछि Share गर्न नभुल्नुहोस ।
Pin on PinterestPrint this page
हाम्रा हरेको प्रकाशनलाई फेसबुकमा पढ्न तथा हेर्नको लागि यहाँ लाइक गर्नुहोस।

कृपया प्रतिकृया दिनुहोस

You must be Logged in to post comment.