मान्छेको टाउँकाले हाईन अब बाईकले बोक्छ डोको !

Mon, Nov 14th, 2016:मा प्रकाशित

प्रेम सुनार्

गुल्मी,कार्तिक–२९ । ग्रामिण भेग सम्म यातायतको सुविधा पुग्न थाले पछि धान परालको भारी बोक्न छाडे धेरै कृषकहरुले । ट्याक्टर मगायो वेसीबाट केहि छिनमै एकैचोटी घर पुग्छ धान परालको भारी । त्यस्तै विगतमा सकी नसी डोकामा विभिन्न गाउँबाट तरकारी र फलफुहरु बेच्न सदरमुकाम तम्घासमो बोकेर आउँथे कृषकहरु तर आजकल डोकोमा तरकारी र फुल राख्ने आनि मोटर साईकलमा राखेर ल्याउने गर्न थालिएको छ ।

hari kc.Still003

यति वेला सुन्तलाको सिजन छ । गाउँ गाउँबाट सुन्तला खरिद गर्दैै सदरमुकाममा थोक विक्रि गर्नको भ्याईनभ्याई छ व्यापारिहरुलाई त्यसैले मोटरसाईकलको दुई तिर दुईबाटा डोका अटाउने फलामको क्यारी बनाएर उति खेरैनयाँगाउँ पिलधारा लगायतका सुन्तला पकेट गाउँबाट सुन्तला ओसारिदै गरिएको छ ।

यसरी आधुकि सुविधा र परम्परागत सुविधाको संयोजनमा भएको यो प्रयोगलाई कतिपयले अनौठो र राम्रो पनि मानेका छन् । अव केही वर्ष पछि प्राय सवै ग्रामिण भेग सम्मका कृषकहरुले अव टाउँकोमा डोको नाम्लो बोक्ने छैनन् । ताकि मोटरसाईकलले डोको नाम्लो बोकी दिने छ ।

तस्वीर :सोमवार दिउँसो तम्घासको सहितचोकमा सुन्तला बेचेर फर्किदै गरेका एकजना फलफु व्यापारी

यो पोष्ट तपाईलाई कस्तो लाग्यो कृपया पढीसकेपछि Share गर्न नभुल्नुहोस ।
Pin on PinterestPrint this page
हाम्रा हरेको प्रकाशनलाई फेसबुकमा पढ्न तथा हेर्नको लागि यहाँ लाइक गर्नुहोस।

कृपया प्रतिकृया दिनुहोस

You must be Logged in to post comment.