दुई शब्द एकादशीको अवसरमा : हुमाकान्त पोखरेल !

Fri, Nov 11th, 2016:मा प्रकाशित

गुल्मी कार्तिक २६ गते । आज कात्र्तिक शुक्ल एकादशी । भगवान विष्णुको तुलसीसँग विवाह र विशेष पूजा गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यसवर्ष बिहीबार दिउँसोदेखि एकादशी तिथि लागेकाले बिहीबार र शुक्रबार दुवै दिन एकादशीको ब्रत बसिने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले बताउनुभयो । आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिनमा क्षीर सागरमा सुतेका भगवान विष्णु आज ब्युँझने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ ।

13606631_1789707774593704_243074635801248082_nठूलो एकादशी पनि भनिने भएकाले एकादशी ब्रत गरेमा पापको नाश भई पुण्य वृद्धि हुने र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिन सम्म चार महिना भगवान विष्णु र तुलसीको विशेष पूजा गर्ने चलन रहेको छ । हरिशयनी एकादशीका दिन घर घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर आज विष्णुको तुलसीसँग विवाह गर्ने परम्परा रहेको छ । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रुपमा बाँस वा निगालाको लिङ्गो गाडेर विधिपूर्वक पूजा गरिन्छ । कसैले उखुको बोट पनि मठमा गाड्ने गर्दछन् । तुलसीमा रहेको औषधीजन्य गुणका कारण पनि यसलाई लाभदायक मानिन्छ । तुलसीको पात, डाँठ, वा फूलको रस रुघाखोकी र औलो लगायत रोगका लागि औषधि हुन्छ । त्यस्तै हरिबोधनी एकादशीकै अबसरमा नेपालको चार धाममध्येकै एक मानिने रेसुङ्गामा पनि दर्शनार्थीहरुको बिहानैबाट भिड लागेको छ । रेसुंगाको पोखरीमा नुहाउनाले आफुले अन्जानमा गरेका पाप नष्ट हुने धार्मिक मान्यता रहेको छ । आजको दिन बेदपाठ, चण्डी तथा गीता पाठ परायण गरिन्छ । गुल्मी जिल्ला लगायत छिमेकी जिल्ला पाल्पा, अर्घाखाँची, स्याङ्गजा बाट पनि श्रद्धालु भक्तजन मेला भर्न आउने गरेको रेसुंगा संरक्षण समितिका अध्यक्ष सुरेश चन्द्र भुसालले जानकारी दिनुभयो । त्यस्तै रेसुंगामा साउन महिनाभर बिशेष मेला लाग्ने गर्दछ । साउन १ गते र साउने औंशी, हरिशयनी एकादशी तथा कात्तिकको ठूलो एकादशीका दिन बिशेष मेला लाग्ने समितिले जनाएको छ । ठुला एकादशीको अवसरमा बिशेष भजन प्रतियोगिता पनि सम्पन्न भएको छ । यो समय रेसुंगाको मौषम सफा हुने तथा भ्युटावरबाट विभिन्न स्थानका दृश्य देख्न सकिने भएकाले युवायुवतीहरुको बिशेष उपस्थिती हुने गर्दछ । साथै रेसुंगा पोखरीमा चारधामको पानी मिसाएकाले नुहाउन आउने बृद्धाबृद्धहरुको पनि राम्रै उपस्थिती हुने गर्दछ । गुल्मीको सदरमुकाम तम्घासबाट पैदल करिब २ घण्टा र सवाारीमा करिव ३० मिनेटको यात्रापछि रेसुंगामा पुग्न सकिन्छ । आज सक्नेले निरहार, नसक्नेहरुले पलहार बर्त बस्ने गर्दछन् ।

यो पोष्ट तपाईलाई कस्तो लाग्यो कृपया पढीसकेपछि Share गर्न नभुल्नुहोस ।
Pin on PinterestPrint this page
हाम्रा हरेको प्रकाशनलाई फेसबुकमा पढ्न तथा हेर्नको लागि यहाँ लाइक गर्नुहोस।

कृपया प्रतिकृया दिनुहोस

You must be Logged in to post comment.