व्यङग्यप्रहार : कार्यदलले गराएको गर्भधारणले शिर्ष नेतालाई प्रसव पिडा… !

Tue, Nov 8th, 2016:मा प्रकाशित

प्रेम सुनार, स्थानियनिकायको जन्मदिनगुल्मीकाशिर्ष नेताहरुलाई प्रसव पिडा जस्तै परेको छ । महिनौं सम्म सर्वदलिय ठोंड जोडेर कार्यदलले स्थानियनिकायको गर्भधारण गराएर जन्मदिने जिम्माशिर्ष नेताहरुलाई दिएको थियो । सोहीअनुरुप सवै दलकाशिर्ष नेताहरुलाई हप्तौ सम्मव्याथालाग्यो । हिजो रातीअवेर सम्मपनि प्रसव पिडा खेपेकायहाँकाशिर्ष नेताहरुलाई आन्दोनरत महिलाहरुले सोडेनीका रुपमा
सघाउँदा समेत स्थानियनिकायको जन्मदिननसकेको बताईएको छ ।

12376191_1001828489874261_4628666379523863287_n-750x750-1

श्रोतकाअनुसार जिविस भित्रको सभाहलभनिने अस्पताल भित्र सल्यकृया हुननसके पछि हिजो दिउँसो तम्घासको एक होटलमा विशेष डाक्टरहरुलाई बोलाएर सल्यकृयाको प्रयास गरिएको थियो । घण्टौं सम्मप्रयास गरिए पनि स्थानियपुनरसंरचना रुपीशिशु आधाभाग मैं अड्किए पछि नवजातशिशुको मुहार हेर्न र सेक्नकालागिवाहिर आगो फुक्दै र तेल तताउँदै वसीरहेकाआफन्तजनहरुमानिरासा छाएको थियो । निरास आफन्तजनमध्येका एक जना भन्छन् –‘यो गर्भ तेरो , यो मेरो’को दहलफसलकाकारण विचमैं अडकिएको हो । अर्को एक श्रोत भन्छ –‘
कार्यदललेगर्भधारण गराउने बेलामाभोलिको परिणाम ख्यालनगरेकाकारण यस्तो हुनगएको हो । गर्भवतीहरु (शिर्ष नेताहरु ) आजविहानै देखि तम्घासका विभिन्न अस्पतालहरुमा सफलशल्यक्रियाकालागिचिकित्सकहरुबिच परार्मशमा जुटेको बताइएको छ ।

मुख्यतिन वटा गर्भवती घरानहरु (प्रमुखतिनदल) एक आपसमाटस्कमश हुननसकेपछि छिमेकी अरु गर्भवतीहरुले शिशु जन्मदिने अर्को एक उपायनिकालेको जनाइएको छ । तर प्रमुखतिनदलभने गाउँघरे शैलीमै जन्म दिनुपर्छ भन्ने पक्षमै लागिपरेको स्रोत बताउँछ । कुनै एक दलभने डाक्टरले तोकेको शिशुको संख्या बढाउनु पर्छ भन्दै गरेकोभन्ने सुनिएको छ । डाक्टरले दिएको म्यादहिजो अन्तिमहो भनिएपनिनौ
महिने को सट्टा कहिनभाको जात्रा हाँडी गाउँमाभने झैंदशमहिने वाबाह्रमहिने हुने होकीभन्ने चिन्ताआफन्तजनमा रहेको छ ।

छिमेकी जिल्ला पाल्पा लगायतमा भने अँस्तीदेखि नै पुर्नसंरचना रुपी शिशु जन्मेको खुसीयालीमनाइएको छ । छैठीँ समेत गरी न्वारनका लागि पशुपतिनाथ मन्दिर तर्फ (आयोग) जाँदै गरेको पाल्पाका एक पन्डितले बताएका छन् । तान्सेनले त्यति धेरै टाढा अर्गेलीकी मैयाँलाई टपक्कै टिपेर लैजाँदा समेत स्थानियले सहेका छन ।् तर, दुई तिन घण्टाको दुरीमा रहेकागुल्मीका केहि मैयाहरुसँगको सम्बन्धजोड्न खोज्दापनि टाढा प¥यो,
चिना–गोत्रामिलेन जस्ता कुराहरुको अड्को थाप्ने सर्वसाधारण गुल्मीलीहरु पनि दोषीभएको पाल्पालीहरुको आरोप छ ।

गुल्मीमा सफलशल्यक्रियाहुननसके रिफर गरी पाल्पा पठाइदिन वाहुतीहारा भर्याैँ भन्दै काठमाडौँको विरअस्पाताल पठाइ दिन उनिहरुद्धारा सुझाव दिइएको छ । गुल्मीमा शुरुमाबढिमा नौ सन्तानजन्माउनभनिएको थियो । तर बाबुहरु (गाउँप्रमुखहरु) धेरै बन्ने चाहानामाबाह्र सन्तानको मागइश्वरसँग (आयोग संग) गरिएपछि दयावानइश्वरले पुरा गराई दिएका थिए । तर गजबको कुरा शुरुमानौ सन्तानपनि वढी हुन्छन,पाल्न सकिदैन भनेको एक वावुले –(एक दलले) अहिले तेह्र सन्तान ईश्वर (आयोग) सँग माग गरां,ै अंशपात मिलाउन ग्राहो प¥यो भन्दै अड्को थापेको बताइएको छ ।

भावी सन्तानहरुको अंशपात कसैले वेशी–खेत रोज्ने, कसैले डाँडापाखा रोज्ने त कसैले बुढो घर मलाई नै चाहिन्छ भन्दैपाखुरा निमोठा–निमोठ गरेकाकारणले पनिगर्भमा रहेको शिशुले लौ तखाऊभनेर गर्भवतिहरुलाई थप पिडा दिनचाहेको तल्लो पेटश्रोतले बताएको छ ।
शिशु सेकसाककालागिआगो फुक्ने र तेल तताउने कार्य सदरमुकाम तम्घास मात्रनभई आजविहानै देखि गौडाकोट, जुभुङ्ग ,मजुवा,इन्द्रेगौडा ,रिडी ,खज्याङ् लगायतका स्थानमापनि शुरु गरिएको जानकारी गराइएको छ । शिशुजन्मीने कुरामा ढुक्क भएका स्थानमाभने घिऊ–तेल,कुखु्ररा लगायतको शिशु–सुत्केरी पोषणको जोरजामहुनथालेको बताइएको छ ।

यो पोष्ट तपाईलाई कस्तो लाग्यो कृपया पढीसकेपछि Share गर्न नभुल्नुहोस ।
Pin on PinterestPrint this page
हाम्रा हरेको प्रकाशनलाई फेसबुकमा पढ्न तथा हेर्नको लागि यहाँ लाइक गर्नुहोस।

कृपया प्रतिकृया दिनुहोस

You must be Logged in to post comment.