पोर्चुगलबाट २ नेपाली युवाको शव स्वदेश पठाईयो !

Tue, Nov 8th, 2016:मा प्रकाशित

करिब दुई साता अघि पोर्चुगलको ओदीमीरामा भएको सडक दुर्घटनामा परि ज्यान गुमाएका दुई नेपाली युवाको शव स्वदेश पठाईएको छ ।

दुर्घटनामा परि ज्यान गुमाएका गैडाकोट–१६, अमरापुरी, नवलपरासीका अनिल थापा र रिघा–३, ठुलोरिघा, बाग्लुङ्गका सन्तोष सापकोटाको शव गैर आवासीय नेपाली संघ पोर्चुगलको पहलमा आईतबार स्वदेश पठाईएको हो ।

शव पठाउनका लागी आवश्यक पर्ने सबै कानुनी प्रकृया पुरा गरेर थापा र सापकोटाको शव स्वदेश पठाईएको संघका अध्यक्ष भिम के.सीले जानकारी दिनुभयो ।

DEATHq-768x473

पोर्चुगलमा रहेका नेपाली समुदायबाट आर्थिक सहयोग जुटाएर टर्कीस एयरको बिमानबाट शव पठाईएको केसीले बताउनुभयो । उनिहरुको शव पठाउन करिब ८ लाख रुपैयां लागत लागेको उहांले बताउनुभयो ।

उनिहरुको शव सोमबार त्रिभुवन अन्र्तराष्ट्रिय बिमानस्थल काठमाण्डौं पूग्ने बताईएको छ । पोर्चुगलमा नेपाली राजदुतावास नभएकै कारण शव पठाउन केही कुटनिटीक समस्या झेल्नुपरेको अध्यक्ष केसीले बताउनुभयो ।
थापा र सापकोटाको भिला नोभा दि मिलफोन्तेसबाट साओ तेतोनिया तर्फ जाने क्रममा उनिहरु सवार कार अनियन्त्रीत भई सडकबाट उछ्छीटीएर रुखमा ठोक्कीदा गत २७ अक्टोबरमा दुर्घटनास्थलमै ज्यान गएको थियो ।
बैदेशिक रोजागारीका क्रममा थापा ३ बर्ष र सापकोटा १ बर्ष अघि पोर्चुगल आएका थिए । उनिहरु कृषि कामदारका रुपमा यहां कार्यरत थिए ।

Nagarikaawaj

 

यो पोष्ट तपाईलाई कस्तो लाग्यो कृपया पढीसकेपछि Share गर्न नभुल्नुहोस ।
Pin on PinterestPrint this page
हाम्रा हरेको प्रकाशनलाई फेसबुकमा पढ्न तथा हेर्नको लागि यहाँ लाइक गर्नुहोस।

कृपया प्रतिकृया दिनुहोस

You must be Logged in to post comment.