अमेरीकामा भएको कार दुर्घटनामा चार नेपालीको मृत्यु !

Mon, Nov 7th, 2016:मा प्रकाशित

अमेरिकाको जर्जिया राज्यको एटलान्टाको ग्रामिण क्षेत्र जेफर्सन काउन्टीमा भएको कार दुर्घटना परि चार जना नेपाली को मृत्यु भएको छ । गत शुक्रबार नोवेम्बर ४ तारिखमा भएको दुर्घटनामा परि उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।
कारमा सवारी ६ जना मध्ये २ जनाको स्थानीय अस्पतालमा उपचार भै रहेको जर्जिया जेफर्सन काउन्टीका मृत्यु समीक्षकल जानकारीे दिएका छन् ।

Reechaदुर्घटना परि मृत्यु हुनेहरुमा गुल्मी घर भई हाल काठमान्डौ अनामनगर बस्नु हुने चिरन्जीबी खनाल, उहाँकी पत्नी श्यामा खनाल र दुई बुहारीको घटनास्थल मै मृत्यु भएको बताइएको छ । कारको पछाडी बस्ने चार जना सबैको मृत्यु भएको र गाडीको अगाडी बसेका समिर खनाल तथा सुबाश खनाल घाइते भएका हुन् ।

निसान अल्टिमा नामक कारमा सवार उनीहरु शुक्रबार राति ९ बजे दुर्घटनामा परेका हुन् । २९६ नामक जर्जिया राजमार्ग को उत्तर तर्फ गइ रहेको अवस्थामा ८८ राजमार्गमा रोक्नु पर्ने स्थानमा भीमकाय १८ पाङ्ग्रे ठुलो माल बाहक गाडी संग ठोकिन पुगेको थियो । उनीहरुको शब एटलान्टाको अपराध प्रयोगशालामा राखिएको छ । दुर्घटना के कारणले भएको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरीरहेको छ ।

 

यो पोष्ट तपाईलाई कस्तो लाग्यो कृपया पढीसकेपछि Share गर्न नभुल्नुहोस ।
Pin on PinterestPrint this page
हाम्रा हरेको प्रकाशनलाई फेसबुकमा पढ्न तथा हेर्नको लागि यहाँ लाइक गर्नुहोस।

कृपया प्रतिकृया दिनुहोस

You must be Logged in to post comment.