बिदेसिने कामदार २० प्रतिशतले घटे, रेमिट्यान्समा असर !

Thu, Nov 3rd, 2016:मा प्रकाशित

काठमाडौं : मुलुकको अर्थतन्त्र धान्ने रेमिट्यान्स घटिरहेका बेला वैदेशिक रोजगारीमा जानेको संख्या पनि ओरालो लाग्दै गएको छ । अन्तरराष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावटसँगै खाडी राष्ट्रमा देखिएको असरले वैदेशिक रोजगारीमा प्रत्यक्ष प्रभाव परेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्षको असोजसम्म ९० हजार ४ सय ७ नेपाली कामदार बिदेसिएका छन् । यो तथ्यांक गत आव असोजम्मको तुलनामा २० प्रतिशतले कम हो ।dd40e4bdb495ac150bd5dab68151144d

गत आवको असोजसम्म १ लाख १३ हजार ५ सय १५ नेपाली कामदार रोजगारीका लागि बिदेसिएका थिए । कामदार घटेसँगै रेमिट्यान्समा पनि असर पर्न थालेको छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष बलबहादुर तामाङले अन्तरराष्ट्रिय बजारमा इन्धन मूल्य गिरावटसँगै खाडीमुलुकको अर्थतन्त्रमा ठूलो असर परेकाले बिदेसिने कामदारको संख्या घटेको बताए ।

“नेपालको मुख्य श्रम गन्तव्य मुलुक खाडी मुलुक र मलेसिया नै हो,” उनले भने, “अन्तरराष्ट्रिय बजारमा तेलको मूल्य घटेकाले खाडी मुलुकको आम्दानीमा घटेको छ, त्यसले गर्दा खाडी मुलुकमा लगानी कम हुँदै गएको छ ।”

साउदी अरबमा जाने कामदार २९ प्रतिशतले घटेका छन् । गत आवको सोही अवधिमा साउदीमा ३६ हजार २ सय ७९ कामदार बिदेसिएकोमा चालूको आवको सोही अवधिसम्म  २५ हजार ६ सय ९९ नेपाली कामदार गएका छन् । कतारमा ३३ हजार ३ सय ३३ बाट घटेर २९ हजार २ सय ७० नेपाली कामदार गएका छन् ।

चालू आवको असोजसम्म मलेसियामा २२ हजार ५ सय ३१ बाट घटेर १९ हजार १ सय ८०, सयुक्त अरब इमिरेट्स (यूएई) १२ हजार ८ सय ८ बाट घटेर ११ हजार ७,  कुवेतमा २ हजार ६ सय ८२ बाट घटेर १ हजार ८ सय २७ मा गएका छन् ।


“खाडी मुलुकका सरकारले  विकास खर्च कटौती गर्दै ठूलो रकम  सिरिया र यमनको युद्धका लागि खर्च गर्न थालेका छन्,” पूर्वअध्यक्ष तामाङले भने, “विगतमा राम्रो सेवा सुविधा दिएका कम्पनीले पनि समयमै तलब दिन नसक्ने र कामदार कटौती गर्दै आएका छन् ।”


‘फ्रि भिसा, फ्रि टिकट लागूका कारण पनि खाडी मुलुक र मलेसियाका रोजगारदाता कम्पनीले नेपाली कामदारभन्दा  अन्य मुलुकका  कामदार लिने थालेको तामाङको दाबी छ ।

“बिदेसिने कामदार फर्कने र माग घट्दै गएकालेकेही समयपछि यसको प्रभाव रेमिट्यान्समा पर्छ,” उनले भने । नेपाल राष्ट्र बैंकका अनुसार चालू आवको पहिलो महिनामा रेमिट्यान्स ५३ अर्ब २७ करोडबाट घटेर ५१ अर्ब ९४ करोड  रुपैयाँ भित्रिएको थियो ।

भदौ महिनासम्म भने रेमिट्यान्स १ खर्ब ७ करोडबाट ६.६ प्रतिशतले १ खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ । गत आवको २ महिनाको  अवधिमा २७ प्रतिशतले रेमिट्यान्स वृद्धि भएको थियो ।

श्रोत कारोबार दैनिक

यो पोष्ट तपाईलाई कस्तो लाग्यो कृपया पढीसकेपछि Share गर्न नभुल्नुहोस ।
Pin on PinterestPrint this page
हाम्रा हरेको प्रकाशनलाई फेसबुकमा पढ्न तथा हेर्नको लागि यहाँ लाइक गर्नुहोस।

कृपया प्रतिकृया दिनुहोस

You must be Logged in to post comment.