वामीका हरि प्रसाद सापकोटा, जस्ले बाटोमा भएको फोहोर आफै ब्यबस्थापन गर्दे हिड्नुहुन्छ !

Sat, Oct 29th, 2016:मा प्रकाशित

अनिश शर्मा गैरे, वामी गुल्मी

वामी ३ ढावरोड निवासी हरि प्रसाद सापकोटा आफ्नो गाँउ ठाँउको सरसफाइ अभियानमा लाग्नुभएको छ । आफ्नो ठाँउ आफै स्वस्थ बनाऔ भन्ने मुल मान्यता सहित उहाँले बाटोमा फालिएका बिभिन्न किसीमका प्लास्टिक फोहोर हरु बटुल्ने अनि ब्यबस्थापन गर्ने गर्नुहुन्छ साथमा अरुलाइ पनि गर्न लगाउनुहुन्छ । बर्षाैे भयो उहाँले यस्तो काम गर्नु थाल्नुभएको ।

20161029_145351आफ्नो गाँउ घरमा हुने फोहोरको कारणले नै बिभिन्न रोग समस्या, दुर्गन्ध निम्तने बताउँदै उहाँले यस्तो फोहोर गर्ने बानी हटाउनु पर्ने बताउनुभयो । उहाँको अभियान आफ्नो गाँउ, ठाँउहरुको सरसफाइ गरी पुरै गाबिस लाइ स्वाच्छ र शान्त बनाउनु हो । उहाँले बाटोमा फोहोर गर्दे हिड्ने ब्यक्तिहरुलाइ आफुले देखेसम्म तत्काल ब्यबस्थापन गर्न लगाउनुहुन्छ । आफ्नो घर वरिपरि नियमित सफा गर्नुहुन्छ, र सरसफाइका नारा सहित सबैमा सचेतना दिदै हिड्ने गर्नुभएको छ । उहाँले सबै लाइ आफ्नो स्वास्थ्यको चिन्ता छ भने सरसफाइमा ध्यान दिन आग्रह गर्नुभयो । आफ्नो अभियानमा सबेले साथ दिन उहाँको आग्ह छ ।

 

यो पोष्ट तपाईलाई कस्तो लाग्यो कृपया पढीसकेपछि Share गर्न नभुल्नुहोस ।
Pin on PinterestPrint this page
हाम्रा हरेको प्रकाशनलाई फेसबुकमा पढ्न तथा हेर्नको लागि यहाँ लाइक गर्नुहोस।

कृपया प्रतिकृया दिनुहोस

You must be Logged in to post comment.