सोरठी जोगाउँदै गायक खप्तरीले ल्याए मौलिक तिहार गीत (भिडियो सहित) !

Fri, Oct 28th, 2016:मा प्रकाशित

नेपाली मौलिक लोकलयमा आधारित सोरठी गीत आजभोलि लोप हुँदै गएको छ । नयाँपुस्ताले खासै चासो नदिँदा अहिले यो संस्कृती बूढापाकामै सीमित भएको छ । पौराणिक तथा ऐतिहासिक आख्यानमा आधारित रही विविध लय, ताल र शृङ्गारमा मारुनी नृत्यसहित गाइने सोरठीको उचित संरक्षण हुन नसक्दा अहिले लोप भएर जाने अबस्थामा पुगेको छ । यस गितको लय र भावलाई नयाँ पुस्ताले टिप्न नसकेका कारण पनि यो मौलिक गीत हराउँदै गएको हो ।

मुख्यतया तिहारको समयमा कृष्ण चरित्र, महाभारत र रामको बनबास, जस्ता ईश्वरीय भक्ति र देबीदेवता कुलानलाई समेटेर गाइने यो मौलिक सोरठी संस्कृति लोप हुँदै गएका बेला यसको प्रवद्र्धन र प्रसारमा लागेका छन् लोक गाएक प्रसाद खप्तरी मगर ।

14786944_1133267436768664_2025858522_o
वषौँ पूरानो इतिहास बोकेको मौलिक गीत सोरठी लोप हुदै गएका बेला खप्तरीे भने संस्कार जोगाउने प्रयासमा लागेका हुन् । उनले हालै गुल्मी भार्सेको कृष्ण चरित्र समूहको प्रसतुतीमा मौलिक सोरठी गीत पूर्व दिशाको शिमेभूमे बजारमा ल्याएका छन् । उनको यस गीतले मौलिक संस्कार जोगाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ । गुल्मी जिल्लाको ऐतिहासिक गाउँ भार्से र भार्से सेरोफेरोमा रहेका मौलिक संस्कृति जगेर्ना गर्ने उद्धेश्यले स्थानीय समाजसेबी लेफ्टिनेन्ट कुल बहादुर बुढाथोकी मगरेको अगुवाइमा उनले प्रस्तुत गीत ल्याएका हुन् । कलाकार खपतरीको आफ्नै लय र शब्द संकलनमा रहेको मौलिक गीत कालीको शिर सेतीको शिर बोलको यो पहिलो बन्दना गीतमा खप्तरीसँगै चर्चित लोक तथा दोहोरी गाइका देबी घर्ती, सञ्जु थापा, र श्री बुढाथोकीले स्बर दिएका छन् ।
केही वर्ष अघिसम्म तिहारको बेला सोरठी प्रशस्त ठाउँहरुकमा गाइने र नाचिने संस्कृतिको रुपमा परिचित थियो तर अहिले नयाँ पुस्ताले यसको मौलिक लय महत्व र भावलाई समेट्न नसक्दा पनि हराउँदै गएको छ । एकातिर पर्वमा मात्र सिमीत भएकाले पनि यस परम्परालाई ब्यवसायिकता पाउन सकेको छैन भने अर्कोतिर सरोकारवालाहरुले पनि यसप्रति कुनै चासो नदिँदा मौलिक संस्कार नै संकटमा पर्दै गएको छ ।
कलाकार खप्तरी भन्छन् “मौलिक संस्कार भनेको हाम्रो पहिचान हो त्यसैले पनि हामीले यसलाई जोगाइराख्नु जरुरी छ । हुन त ब्यवसायिक फाइदा खासै छैन तर पनि यो गीतको भाव र महत्व बुझ्न सक्ने हो भने यसको मिठास र महत्वको गहिराई आफ्नै किसिमको छ ।” अघिल्लो वर्ष यस्तै सोरठाी गीत शिरफूल एल्बम बजारमा ल्याएका खप्तरीले त्यसैलाई निरन्तरता दिँदै यस वर्ष पनि तिहारको मेसो पारेर मौलिक सोरठाी गीत ल्याएका छन् । सोरठी र सालैजो गीत गाउन मन पराउने कलाकार खप्तरीको यो प्रयासले संस्कृति संरक्षणको क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको छ ।
गुल्मी, पाल्पा, बाग्लुङ, म्याग्दी, स्याङ्जा लमजुङ लगाएतका सेरोफेरोमा प्रचलनका रहेको यो मौलिक संस्कृति अहिले लोपोन्मूख अबस्थामा पुगेको छ । हम्रा धेरैजसो मौलिक संस्कृति अहिले केही जनजिब्रोमा मात्र सीमित छन् भने केही मेलापर्व, प्रर्दशनी वा समारोहमा सीमित छन् । कलाकार खप्तरीको मौलिक संस्कृति जोगाउने यो प्रयास प्रशंसनीय छ ।

यो पोष्ट तपाईलाई कस्तो लाग्यो कृपया पढीसकेपछि Share गर्न नभुल्नुहोस ।
Pin on PinterestPrint this page
हाम्रा हरेको प्रकाशनलाई फेसबुकमा पढ्न तथा हेर्नको लागि यहाँ लाइक गर्नुहोस।

कृपया प्रतिकृया दिनुहोस

You must be Logged in to post comment.