फेसबुकका मालिक भन्छन् : म यसरी सफल भएँ !

Thu, Oct 13th, 2016:मा प्रकाशित

सफल व्यक्तिका टिप्स
सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरबर्ग संसारका कान्छा धनीमध्ये एक हुन् ।

Indian Prime Minister Narendra Modi Meets With Facebook Inc. Chief Executive Officer Mark Zuckerberg२३ वर्षमा कलेज छाडेका जुकरबर्गको सम्पत्ति ३७ बिलियन डलर भन्दा धेरै भएको फोब्र्स पत्रिकाले सार्वजनिक गरेको थियो । ३१ वर्षीय जुगरबर्गले सफलताका लागि दिएका टिप्स :
-सबैभन्दा महत्वपूर्ण आत्मविश्वास र दृढता हो । युवाअवस्थामा हामीले बारम्बार सुन्नुपर्छ– तपाईंसँग अनुभव छैन । हामीलाई पनि महसुस हुन्छ, हामीभन्दा अनुभव भएका मानिस धेरै छन् । तर, सबैसँग सुरुमै अनुभव हुँदैन । मैले फेसबुक बनाउन सुरु गरेको १९ वर्षको हुँदा हो । त्यतिवेला मलाई केही थाहा थिएन ।
-आफ्नो अवमूल्यन नगर्नुहोस् । आफूले गरेको कामलाई कहिल्यै सानो नसोच्नुहोस् । संसारका सबै मानिस फरक छन्, उनीहरूका चाहना फरक छन् । सबैका धारणा फरक छन्, सबैले विश्वका लागि नयाँनयाँ आविष्कार गर्न सक्छन् । आफ्नो कामलाई ‘युनिक’ सोचेर अगाडि बढ्नुहोस् ।
-मानिसहरू तपाईं के भन्नुहुन्छ भन्ने कुरालाई त्यति धेरै ध्यान दिँदैनन् । तपाईं के गर्दै हुनुहुन्छ भन्ने कुरालाई ध्यान दिन्छन् । तपाईंले बनाउने कुरामा उनीहरूको चासो हुन्छ । त्यसैले, केही कुरा बनाउनतिर लाग्नुहोस्, भन्नेतिर होइन ।
-आफूलाई प्रश्न सोध्नुहोस्– के म त्यो गरिरहेको छु, जुन आफ्ना लागि सबैभन्दा महत्वपूर्ण हो रु आफूलाई नै आफ्नो कामको महत्व थाहा छैन वा त्यो काम महत्वपूर्ण लागिरहेको छैन भने त्यो काम सफल पनि हुनै सक्दैन । आफूलाई सन्तुष्ट बनाउने काम गर्नुहोस् ।
-छिटो दौडिनुहोस् । छिटो काम गर्ने सोच बनाउनुहोस् । जबसम्म तपाईं छिटो दौडिनुहुन्न र काम गर्नुहुन्न, तपाईंले गरेको कामको कुनै महत्व नै हुँदैन । समयमै काम गर्नुहोस् । अन्यथा त्यसले समस्यामा पार्न सक्छ ।
-चुनौतीहरूको सामना गर्न नडराउनुहोस् । विश्व बदलिँदो छ । बदलिइरहेको विश्वमा चुनौती भएनन् भने सफलताको त्यो बिन्दुमा पुग्न सकिँदैन जहाँ तपाईं आफूलाई देख्न चाहनुहुन्छ ।
-प्रतिबद्धताहरू बनाउनुहोस् । ती प्रतिबद्धता पूरा गरेरै छाड्नुहोस् । यसले तपाईंलाई सफल बनाउन सहयोग गर्नेछ ।
-काम गर्न यो र त्यो ठाउँ नभन्नुहोस् । जहाँ बसेर काम गर्दा सजिलो हुन्छ, त्यहीँ काम गर्नुहोस् । मैले फेसबुकबारे सोचेको एउटा सानो कोठामा हो । त्यहाँ सामानहरू यत्रतत्र छरिएका थिए । मलाई त्यही ठाउँमा काम गर्दा आनन्द आउँथ्यो । जहाँ बसेर काम गर्दा आनन्द आउँछ, त्यहीँ काम गर्नुहोस् ।- नयाँ पत्रिका

यो पोष्ट तपाईलाई कस्तो लाग्यो कृपया पढीसकेपछि Share गर्न नभुल्नुहोस ।
Pin on PinterestPrint this page
हाम्रा हरेको प्रकाशनलाई फेसबुकमा पढ्न तथा हेर्नको लागि यहाँ लाइक गर्नुहोस।

कृपया प्रतिकृया दिनुहोस

You must be Logged in to post comment.