फेरि दशै आयो……!

Thu, Oct 6th, 2016:मा प्रकाशित

-हिम शिखर ।
हरेक वर्ष जस्तै यसपाली पनि प्रचण्ड गर्मीले डांडो काटेपछि र शरद ॠतुको आगमन सगै नेपालीको घर दैलोमा बडा दशै आइपुग्यो । कोहि कमाउदै छ्न ,कोहि रमाउदैछ्न , कोहि पुम्पुरो समाउदै छ्न ।

him-sikhar-225x300

सबै इतिहासकारहरुले भिन्दा भिन्दै तरिकाले व्याख्या र परिभाषित गर्छ्न दशैलाई तै पनि विशेष महत्वको पर्व हो यो । वर्षौ देखि विछोडिएका , वर्षौ देखि प्रवासिएका हरु को पुनर्मिलन को अबसर तथा समारोह हो यो । टुटेका नाता, रुठेका सम्बन्धलाई जोड्ने रिति हो यो ।

भोको पेटलाई भर्ने , नांगो जिउलाइ ढाक्ने र फाटेको मन सिउने सुखद अवसर हो यो । पितृलाइ पुज्ने , नाल्नाता खोज्ने , मित्रु र शत्रु लाई जोड्ने पवित्र संस्कार हो यो । तर यो अवसर प्राप्त गर्ने भाग्य र भाग सबैको कर्ममा कहाँ लेखेको हुन्छर यहाँ …. पहाडका झुप्रावस्ती हरु र तराइ शहरका महलहरु झकमक्क रंगिएका छ्न ।

कहिँ कमेरो माटो र रातो , पहेँलो माटोले कहिँ रंग र रोगनले । प्रभात काल र सन्ध्याकाल मा प्रत्येक दुर्गा मंदिर हरु मा बाजा घाजा रन्किएका छ्न ।प्रत्येक मल्टिमिडिया पसल , रेडियो , टिभीहरुमा विरह र बेदना का गीति हरु घन्किएका छ्न । कहिँ खुशी र उमंग , कहिँ रोदन र छ्ट्पटी ।

आफ्ना परिवार र सन्तानको भविष्य को लागि मनग्य पैसा थुपार्ने सपना बोकेर पासपोर्ट बोकेर वैदेशिक रोजगारमा पसेकाहरु र झोला बोकेर भारत पसेका लाखौं लाख युवा युवतीहरु थोरै मात्रामा घर फर्के पनि बहुसंख्यक त बाध्यता र विबसताको भुमरीमा पिल्सिएर घुटु घुटु आँशु पिएर बस्न बाध्य छ्न ।

उनीहरु का बुढेउली लागेका आमाबुबा, छोराछोरी आउने बाटो हेरेर बसेछ्न । जवान श्रीमतीहरु श्रीमान आउने आशाको त्यान्द्रो झुण्डाएर बसेछ्न । उनिहरुका नाबालक छोराछोरीहरु नेपाली आकाशमा ओहोरदोहोर गर्ने हवाइ जहाज देख्दा ” मेरो बाबा लाई मेरो आमा लाई छितो पठाइदे ” भनेर भनिरहेका छन ।

सपना पूरा गर्न घर छोडे तर उनीहरुलाई कहाँ थाहा थियो र मेला पर्व आउदा आफू घर फर्किने योजना नै सपना बनिदिन्छ भनेर । दशकौ देखिको राजनितीक संक्रमण , चरम गरिबी , बेरोजगारी , चरम भ्रष्टाचार र महंगाइ करोडौं नेपालीहरुको सपना माथीको कुठाराघातको कारण बनिदियो । घर फर्किने सपनाहरु सबै चक्नाचुर भइदिए ।

परार सालको दशैमा भुकम्पले मनमुटु हल्लायो । पोहोर शालको दशैमा छिमेकीले आर्थिक नाकाबन्दि गरिदियो । यसपालीको दशैमा स्वदेश तथा विदेशमा रहेकाहरु हर्सोउल्लासका साथ मनाउने छ्न । विजया दशमीको शुभकामना सबै लाई ।

 

यो पोष्ट तपाईलाई कस्तो लाग्यो कृपया पढीसकेपछि Share गर्न नभुल्नुहोस ।
Pin on PinterestPrint this page
हाम्रा हरेको प्रकाशनलाई फेसबुकमा पढ्न तथा हेर्नको लागि यहाँ लाइक गर्नुहोस।

कृपया प्रतिकृया दिनुहोस

You must be Logged in to post comment.