धुर्बको सफलतामा ”साउदि कतार बाईबाई”भिडियो हेरेर दर्शकका आँखा रसाए (भिडियो)

Wed, Oct 5th, 2016:मा प्रकाशित

केदार शर्मा पर्वत

हिन्दु नेपालीहरुको महान पर्व बडा दशै एवम शुभ दिपावलीको अवसर पारेर सार्वजनिक भएको धुर्ब शर्माको गीत ”साउदि कतार बाई बाई” सबैको मन छुन सफल भएको छ ।

14569732_968671579911936_1798689127_nगीत संगीतमा लामो अनुभब भएका पर्वत पञ्चासेका धुर्ब शर्मा झट्ट नाम सुन्दा नचिन्ने कमै हौला हामि सञ्चार क्षेत्रमा समेत करिव एक दशक लामो समय विताइसकेका शर्माले ”साउदि कतार बाई बाई” बजारमा ल्याएर आएपचि यति बेला उनले सबै क्षेत्रबाट प्रसंसा पाइरहेको छ भने रेडियोहरुमा समेत गीतको धेरै डिमान्ड भइरहेको छ । विशेष गरी यति बेला बजारमा आएको साउदि कतार बाई बाई” नेपाली युवा बिदेशमा गएर भोगने गरेको पिडालाई टपक्कै टिपेर गीतमा उठाएर बजारमा ल्याएको र छोटै समयमा दर्शक श्रोताको प्रत्यक रेडियो तथा टिभिमा अत्याधिक डिमाण्ड भएको पाईन्छ । अज बिषेसत गीतमा साउदी कतारमा रहेका नेपालीले काम गर्दाको पिडा ,दुखः भोगाईलाइ व्यक्त गरीएको छ ।आसिश म्युजिकले बजार व्यवस्थापन गरेको सो गीत आज सम्म ५५ हजार भन्दा बढि दर्शकले हेरी सकेका छन । भने गीतमा आएका करिव तिन दर्जशन प्रतिक्रिया सबै सकरात्मक छन । गीत आज सम्म करिव दुई हजार भन्दा बढि पटक शेयर भइसकेको छ । उसो त गीत हेरे पछि विदेशमा रहेका नेपालीहरु रोएको प्रतिक्रिया साथीहरुले दिएको बताएका छन ।

14556119_968533389925755_319834261_nविदेशमा धेरै साथीहरु छन उनीहरुले हामी सँगै बसेर गीत हेरीयो गीत हेर्दै गर्दा आँखाबाट आँसु आए भन्नु भयो एउटा सर्जकको लागी यो भन्दा ठुलो कुरा केही होइन तर नेपलाीले साउदि कतारमा भोग्नु परेको पिडाले हाम्रो मन अमिलो भयो । देवी घर्ति, धुर्ब शमा र कुलेन्द्र बिकले आवाज दिएको सो गीतमा शव्द अनि र लय शर्मा आँफैको रहेको छ भने गीत आशिस म्युजिकले बजार व्यवस्थापन गरेको छ ।

भिडियो हुर्नुहोस 

यो पोष्ट तपाईलाई कस्तो लाग्यो कृपया पढीसकेपछि Share गर्न नभुल्नुहोस ।
Pin on PinterestPrint this page
हाम्रा हरेको प्रकाशनलाई फेसबुकमा पढ्न तथा हेर्नको लागि यहाँ लाइक गर्नुहोस।

कृपया प्रतिकृया दिनुहोस

You must be Logged in to post comment.