अर्जुन थापाको तेस्रो एल्वम् ‘हाम्रो अर्जेवा रमाईलो अर्जेवा’ !

Tue, Sep 27th, 2016:मा प्रकाशित

 

साजन परियार , पर्वत

सञ्चारकर्मी तथा पत्रकार अर्जुन थापाले आफ्नो तेस्रो एल्वम् ‘हाम्रो अर्जेवा रमाईलो अर्जेवा’ बजारमा ल्याउने भएका छन् । 14370303_1175398219221091_3126960278491724395_nपहिलो र दोस्रो एल्वम्वाट दर्शक तथा श्रोतको मन जितेका थापाले आफ्नो तेस्रो एल्वम बाट पनि श्रोतको मन जित्ने अपेक्षा लिएका छन् ।

पहिलो र दोस्रो एल्वममा मायाप्रेमलाई समावेश गरेका थापाले तेस्रो एल्वम्मा आफ्नो गाउँको धार्मिक तथा पर्यटयिक स्थललाई प्राथमिकता दिएका छन् । उक्त गित उनकै शव्द,संगित र स्वरमा बजारमा आउन लागेको हो ।

बागलुङको अर्जेवा गाविसमा जन्मिएका थापा लामो समयदेखी सञ्चार पेशामा आवद्ध छन् । सुमुधुर स्वरका धनी थापा गायन क्षेत्रमा पनि उत्तिकै अव्वल मानिन्छन् । उनको यो कार्यलाई अर्जेवावासीले पनि साथ दिएका छन् । गित संगितको माध्यमवाट आफ्नो गाउँको परिवेशलाई समेट्ने उनको भनाई छ ।

 

 

‘मैलै यो एल्वम्वाट अर्जेवा क्षेत्रलाई चिनाउने प्रयास गरेको छु–थापाले भने,‘मैले गरेको यो कामलाई अर्जेवावासीले पनि सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ, यसमा म अत्यन्तै खुशी छु , साथीभाईको पनि त्यत्तिकै माया छ, त्यसैले यो एल्वम् छिट्टै बजारमा ल्याउने तयारी गरेको छु उनले भने,’। उनले यो एल्वम् दशै लगात्तै बजारमा ल्याउने तयारी गरेका छन् ।

14344088_1168647633229483_216043311353769447_nउक्त गितको म्युजिक भिडियो समेत निर्माण गर्ने उनको भनाई छ । छोटो समयमै दर्शक तथा श्रोतको मन जित्न सफल भएका थापाले एक पछि अर्को एल्वम् बजारमा ल्याउन थालेका छन् ।

यस अघि उनले ‘भन्छ यो मनले कति रुने हो…..’ र त्यस लगत्तै तिज एल्वम् ‘टलटल टल्कीने टिका….’ लगायतका सुपरहिट गित बजारमा लिईसके छन् । अभियानको क्षेत्रमा समेत अव्वल मानिएका थापा अनुशाशित,लगनशिल र मेहेनेती व्यक्तित्वको रुपमा पनि चिनिन्छन् ।


यो पोष्ट तपाईलाई कस्तो लाग्यो कृपया पढीसकेपछि Share गर्न नभुल्नुहोस ।
Pin on PinterestPrint this page
हाम्रा हरेको प्रकाशनलाई फेसबुकमा पढ्न तथा हेर्नको लागि यहाँ लाइक गर्नुहोस।

कृपया प्रतिकृया दिनुहोस

You must be Logged in to post comment.