प्रदेशीको पिडा बोकेर आए “गायक, मोडल एंव संचारकर्मी कृष्ण आचार्य” (भिडियो सहित) !

Fri, Sep 23rd, 2016:मा प्रकाशित

पर्वत ।
नेपाली लोक सांगितिक बजारमा आफ्नो फरक पहिचान बनाउँदै गएका लोक गायक तथा मोडन कृष्ण आचार्य फेरी एकपटक उदाएका छन् ।
लोकगीत गीतसंगीतको क्षेत्रमा लाग्ने युवापुस्ताको भिडभाड निकै नै बाक्लिदै गहिरहेको बेला आफुलाई नयाँ शैलीमा प्रस्तुत गर्ने उनी एक पछि अर्को स्वरुपमा उदाउँदै गरेका छन् ।14445687_1797159957207994_2023714710_n-650x299
बिगत ६ बर्ष देखि नेपाली लोकदोहोरी गीतसंगीत क्षेत्रमा सकृय रहेका गायक मोडल एंव संचारकर्मी हुन कृष्ण आचार्य ।
आजभन्दा ८ बर्ष अगाडि बाट आफ्नो गृहजिल्ला सदरमुकाम बाग्लुङमा रहेको सयपत्री एफएममा नेपाली लोकसंस्कृतिको जगेनार्थ लोकदोहोरि गीतसंगीत संबंधित कार्यक्रम उत्पादन र संचालन गरेसंगै आफ्नै सिर्जनालाई पहिलो पटक २०६८ सालमा प्रकाशनमा ल्यायर आचार्यको नेपाली लोकदोहोरी क्षेत्रमा औपचारिक यात्रा थालनि भएको हो ।
त्यसयता उनले दर्जन बढी एल्बममा आफ्नो लय शब्द स्वर संगै अभिनय समेत गरिसकेका छ्न । आचार्यको लय शब्द स्वर तथा अभिनयमा रहेका मैना चरी,न बसम भो टाढै,तलब पाइयन,बाचाकसम तोड्ने हो भने,पर्देशी को दंशै,हिरामोती,सम्झेरै रुन्छु मायालु ,कठै मेरो जुनि लगायतका एल्बम श्रोता दर्शकले अत्याधिक रुचाइयको पाइन्छ ।
बाग्लुङ जिल्ला अर्जेवा गाबिसमा बुवा ताराप्रसाद आचार्य र आमा उमादेबी आचार्यको कोखबाट २०४५ सालमा जन्मिएका आचार्य सानै देखि गीतसंगीतमा रुचिका कारण सांगीतिक क्षेत्रमा सकृय त छ्न नै त्यसका अलावा पत्रकारितामा पनि उनको उत्तिकै लगाब र झुकाब छ ।
बिभिन्न सांगीतिक एंव साहित्यीक कार्यक्रममा पुरस्कार प्राप्त गरिसकेका आचार्य नेपाली साहित्यमा पनि उत्तिकै रुचि राख्ने गर्दछ्न । उनको एक मुक्तक संग्रह प्रकाशउन्मुख रहेको समेत अनलाईन खबरलाई बताए । भर्खरै मात्र कृष्ण आचार्यको शब्द सिर्जनामा दशै विशेष गीत प्रदेशिको दशै सार्वजनिक भएको छ । जसमा हेमन्त खड्का र देबि घर्तीको आवाज रहेको छ भने गीतको भाका हेमन्त खड्काले नै बनाएका हुन ।
हेमन्त खड्का र कृष्ण आचार्यको संयुक्त प्रस्तुतिमा रहेको कृष्ण फिल्मसको ब्यानरमा प्रेम थापा निर्दे्शित प्रदेशिको म्युजिक भिडियो गोकुल अधिकारिले खिचेका हुन भने नवीन घर्ती मगरले सम्पादन गरेका छ्न । हमाल म्युजिक प्रालिले बजार ब्यबस्थापन गरेको गीतको म्युजिक भिडियोमा राजन केसि र अञ्जली अधिकारीको अभिनय देख्न सकिन्छ ।

भिडियो हेर्नुहोस

यो पोष्ट तपाईलाई कस्तो लाग्यो कृपया पढीसकेपछि Share गर्न नभुल्नुहोस ।
Pin on PinterestPrint this page
हाम्रा हरेको प्रकाशनलाई फेसबुकमा पढ्न तथा हेर्नको लागि यहाँ लाइक गर्नुहोस।

कृपया प्रतिकृया दिनुहोस

You must be Logged in to post comment.